हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा प्रि-बजेट अफर

हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा प्रि-बजेट अफर

केन्द्रबिन्दु
21
Shares

काठमाडाैं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा आकर्षक प्रि-बजेट अफर ल्याएको छ । यो अफर सीमित समयको लागि २०८२ जेठ ५ गतेदेखि २०८२ जेठ १४ गतेसम्म लागू हुनेछ ।

अफरले ग्राहकहरूलाई हुन्डाई कोना इलेक्ट्रिक, पुरस्कार विजेता आइओएनआइक्यू ५ र क्रेटा इभीमा लागु गरिएको छ।

यो अफर नेपाली उपभोक्ताहरूको बीचमा विद्युतीय सवारी साधनको पहुँचलाई बढाउन डिजाइन गरिएको हो । यस योजना अन्तर्गत, नयाँ हुन्डाई कोना इलेक्ट्रिक, आइओएनआइक्यू ५ र क्रेटा इभी खरिद गर्ने ग्राहकहरूले प्रोत्साहनस्वरूप विभिन्न लाभ उठाउनेछन्।

प्रि-बजेट छुट योजनाको मुख्य विशेषताहरूमा नि:शुल्क बीमा रहेको छ, जसमा ग्राहकहरूले आफ्नो नयाँ हुन्डाई इभीको लागि नि:शुल्क बीमा कभरेज प्राप्त गर्नेछन् । साथै यस अफरमा ग्राहकहरूले सडक करसमेत नि:शुल्क पाउने छन् । यसका साथै तीनवटै मोडेलहरूमा विशेष नगद छुट प्रदान गरिनेछ, जसले यी अत्याधुनिक विद्युतीय सवारी साधनहरूलाई पहिलेभन्दा बढी किफायती बनाउनेछ।

यो प्रि-बजेट योजना ग्राहकहरूलाई विशेष अफरसहितको सुबिधा प्रदान गर्ने एक एक सक्रिय पहल हो । इभी गाडीका पारखीहरुका लागि प्रत्येक मोडेलमा विशेष अफरहरूको बारेमा थप जान्न र आफ्नो मनपर्ने हुन्डाई इलेक्ट्रिक गाडी बुक गर्न आफ्नो नजिकको हुन्डाई शोरूममा जान कम्पनीकाे अनुराेध छ ।

Logo