पदभार ग्रहणपछि गभर्नर पौडेलले भने- नियम बनाएर मात्र हुँदैन, सुपरीवेक्षणलाई पनि बढाउनुपर्छ

पदभार ग्रहणपछि गभर्नर पौडेलले भने- नियम बनाएर मात्र हुँदैन, सुपरीवेक्षणलाई पनि बढाउनुपर्छ

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले बैङ्क तथा वित्तीय संस्थाको सुपरीवेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने बताएका छन् ।

वालुवाटारस्थित बैङ्कको कार्यालयमा आज पदभार ग्रहण गर्दै उनले भने, “हामीले केबल नियम बनाएर मात्र हुँदैन सुपरीवेक्षणलाई पनि बढाउनुपर्छ । त्यस्तै कर्जाको गुणस्तर बढाउने कुरालाई पनि जोड दिनेछौँ ।”

त्यस्तै, सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीतिका व्यवस्था अबलम्बन गर्ने पनि गभर्नर डा पौडेलले बताए । राष्ट्र बैङ्कका नीति निर्णय गर्दा विभिन्न सरोकारवालासँग पर्याप्त छलफल गर्ने पनि उनले उल्लेख गरे । राष्ट्र बैङ्कको स्वायत्तता कायम गर्नका लागी राष्ट्र बैङ्क ऐनअनुसार काम गर्ने पनि गभर्नर डा. पौडेलको भनाइ छ ।

Skip This
Skip This
Logo