काठमाडौं । विद्युतीय सवारीसाधनको बढ्दो बजारमा एमजीको नयाँ विद्युतीय एसयुभी एस५ ले यूरो एनक्यापको क्र्यास टेष्टमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।
यो उपलब्धिले नेपाली बजारमा समेत उपलब्ध एस५ ईभीलाई उच्च सुरक्षा मापदण्ड भएको सवारीसाधनको रूपमा स्थापित गरेको छ। युरोपको प्रतिष्ठित सुरक्षा परीक्षण निकाय, युरो एनक्यापद्वारा गरिएको क्र्यास टेस्टमा, एमजी एस५ ईभीले प्रभावशाली नतिजा हासिल गरेको छ । यसले वयस्क यात्रु सुरक्षामा ९० प्रतिशत, बाल यात्रु सुरक्षामा ८२ प्रतिशत, सडक प्रयोगकर्ताको सुरक्षा (पैदल यात्री र साइकल यात्री सहित) मा ८२ प्रतिशत र सुरक्षा सहायता प्रणालीमा ७८ प्रतिशत अंक प्राप्त गर्दै समग्रमा ५-स्टार रेटिङ प्राप्त गरेको हो।
स्केलेबल मोडुलर प्लेटफर्ममा बनेको एमजी एस५ ईभीमा रियर ह्विल ड्राइभ र इन्डिपेन्डेन्ट सस्पेन्सन जस्ता आधुनिक विशेषताहरू छन्, जसले ड्राइभिङ अनुभवलाई अझ उत्कृष्ट बनाउँछ। यसमा विश्वकै सबैभन्दा पातलो अल्ट्रा-थिन ब्याट्री प्रयोग गरिएको छ, जसले गाडीको डिजाइनलाई थप आकर्षक र कुशल बनाएको छ।
एमजी एस५ ईभीको प्रदर्शन पनि उच्च कोटिको छ । यसले ० बाट १०० किलोमिटर प्रतिघण्टाको गति ७.१ सेकेन्डमा प्राप्त गर्न सक्छ भने यसको अधिकतम गति १७५ किलोमिटर प्रतिघण्टा रहेको छ । यस गाडीको एक महत्वपूर्ण विशेषता भनेको यसमा जडान गरिएको ‘स्मार्ट’ प्रणाली हो, जसले टिकटक, च्याटजीपीटी, स्पोटीफाई र युट्युब जस्ता लोकप्रिय एपहरूलाई एकीकृत गरी ड्राइभिङ अनुभवलाई थप अन्तरक्रियात्मक र मनोरञ्जनात्मक बनाउँछ।
एमजी एस५ ईभीको भित्री भागमा १२.८ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन र १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर जस्ता आधुनिक उपकरणहरू छन्। माथिल्लो भेरियन्टमा प्यानोरामिक सनरूफको सुविधा पनि उपलब्ध छ।





























प्रतिक्रिया