काठमाडौँ

नेपाल आयल निगमले चालु आर्थिक वर्ष ०७५/७६ को पहिलो तीन महिनामा करिब ४८ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको छ । "/>

चालु आर्थिकवर्षको ३ महिनामा ४८ अर्बको इन्धन आयात

चालु आर्थिकवर्षको ३ महिनामा ४८ अर्बको इन्धन आयात

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाल आयल निगमले चालु आर्थिक वर्ष ०७५/७६ को पहिलो तीन महिनामा करिब ४८ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको छ । उक्त अवधिमा निगमले चार लाख ९६ हजार आठ सय ६५ किलोलिटर पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्यास र हवाई इन्धन आयात गरेको हो ।

पेट्रोलियम पदार्थ खरिद गरे बापत इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई ४८ अर्ब रुपैयाँ भुक्तानी दिएको निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले बताए । उनका अनुसार निगमले अंग्रेजी महिना अनुसार हरेक महिनाको ८ तारिखमा आइओसीलाई इन्धनको रकम भुक्तानी गर्छ ।

अंग्रेजी तारिख अनुसार जुलाई देखि सेप्टेम्बरसम्म एक लाख १२ हजार आठ सय किलोलिटर पेट्रोल, दुई लाख ६२ हजार ९७ किलोलिटर डिजेल, पाँच हजार एक सय ६४ किलोलिटर मट्टीतेल, ३४ हजार पाँच सय ८४ किलोलिटर हवाई इन्धन, ८२ हजार दुई सय १४ टन खाना पकाउने ग्यास आयात भएको छ ।

जुलाईमा १५ अर्ब ३३ करोड पाँच लाख रुपैयाँ, अगस्टमा १३ अर्ब ४३ करोड ४५ लाख , सेप्टेम्बरमा १३ अर्ब ८४ करोड २७ लाख रुपैयाँको इन्धन आयात भएको हो ।

डलर बलियो हुँदा पनि निगमलाई धेरै व्ययभार पर्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ बढेकाले पनि पछिल्ला महिना निगम घाटामा रहेको छ । आइओसीले अक्टोबर १५ मा पठाएको मूल्य अनुसार निगमले अहिले मासिक करिब दुई अर्ब आठ करोड रुपैयाँ घाटा व्यहोरिरहेको छ ।
नागरिकबाट

Skip This
Skip This
Logo