काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्व पौडेलविरूद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ। गभर्नर बन्नका लागि पौडेलको योग्यताबारे प्रश्न गर्दै अधिवक्ताहरू विशाल थापा लगायतले शुक्रबार रिट पेस गरेका हुन्।
यही जेठ ६ गते मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पौडेललाई नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा नियुक्त गरेको थियो । रिट निवेदकहरूले पौडेलको नियुक्ति नेपाल राष्ट्र बैंक ऐनविपरीत भएको दाबी गरेका छन्। उनीहरूको तर्क अनुसार राजनीतिक दलको सक्रिय सदस्य रहेका व्यक्तिलाई गभर्नर बनाउनु ऐनको भावनाविपरीत छ।
अर्थशास्त्र र इतिहासका अध्येता मानिएका पौडेल नेपाली कांग्रेसको महासमिति सदस्य रहिसकेका र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा चितवन–३ बाट उम्मेदवार बनेर पराजित भएका व्यक्ति हुन्। उनको राजनीतिक पृष्ठभूमिका कारण उनको नियुक्तिलाई लिएर शुरूदेखि नै विवाद उत्पन्न भएको थियो।































प्रतिक्रिया