शिखर इन्स्योरेन्सद्वारा इक्रा नेपालबाट एए रेटिङ प्राप्त, सबैभन्दा सुरक्षित कम्पनी बनेको दाबी

शिखर इन्स्योरेन्सद्वारा इक्रा नेपालबाट एए रेटिङ प्राप्त, सबैभन्दा सुरक्षित कम्पनी बनेको दाबी

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । शिखर इन्स्योरेन्स इक्रा नेपालबाट एएको रेटिङ प्राप्त गर्दै नेपालको सबैभन्दा सुरक्षित कम्पनी बनेको छ ।

नेपालमा आएका भूकम्प, बाढीपहिरो लगायतका महाविपत्तिमा सबैभन्दा छिटो र सबैभन्दा अधिकमात्रामा पुर्नबीमाको व्यवस्था गरेको, ह्यानोभर रि तथा स्विस रि जस्ता अन्तराष्ट्रिय रुपमै अग्रणी पुर्नबीमाको साथ पाएको लगायतका सबल पक्ष कम्पनीमा रहेको भन्दै इक्रा नेपालबाट सबैभन्दा उच्च रेटिङ प्राप्त गरेको हो ।

यस्तै, आइएसको अन्तराष्ट्रिय गुणस्तरको प्रमाणपत्र प्राप्त गर्ने पहिलो र एक्लो निर्जीवन बीमा कम्पनीका रुपमा समेत शिखर इन्स्योरेन्स रहेको छ ।

बीमा प्राधिकरणबाट जारी गरिएको जोखिममा आधारित पँजी सम्बन्धी व्यवस्थाहरू अनुसार समेत उत्कृष्ट सोल्भेन्सी अनुपातसँगै शिखर इन्स्योरेन्सले आफ्नो वित्तीय अवस्थालाई मजबुत बनाउँदै आएको छ ।

नेपाल बीमा प्राधिकरणबाट जारी गरिएको २ सय ५० करोडको न्यूनतम चुक्ता पुँजी कायम भैसकेको अवस्थामा समेत नगद लाभांशको साटो बोनस शेयरको माध्यमबाट चुक्ता पुँजी थप वृद्धि गरी आफ्नो मजबुत वित्तीय अवस्थालाई कायम गर्दै आएको छ ।

चुक्ता पुँजी थप वृद्धि गरी आफ्नो मजबुत वित्तीय अवस्थालाई कायम गर्दै आएको छ । विगत १० वर्ष देखि निरन्तर रुपमा नेपालको निर्जिवन बीमा क्षेत्रमा सबै भन्दा अधिक बजार हिस्सा ओगट्न सफल रहँदै आएको छ । अन्य बीमा कम्पनीहरु एक आपसमा गाभिएर संयुक्त कारोबार गरेको अवस्थामा समेत शिखर इन्सयोरेन्सले आफ्नो बजार हिस्सा कायमै राख्न सफल रहँदै आएको छ र कम्पनीको अनुभवी व्यवस्थापन पक्षको साथ संगै कम्पनीले आफ्नो जोखिम व्यवस्थापनलाई मजबुत बनाउँदै आइरहेकाले सबैभन्दा सुरक्षित कम्पनी बनेको हो ।

Logo