प्रभु बैंकका ग्राहक र कर्मचारीलाई इला कम्फर्ट होटल एण्ड रिसोर्टमा छुट

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई इला कम्फर्ट होटल एण्ड रिसोर्टमा छुट

केन्द्रबिन्दु
15
Shares

पोखरा । प्रभु बैंक लिमिटेड र बाग्लुङ नगरपालिका-२ आवारोडस्थित इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच व्यवसायिक साझेदारी सुरू भएको छ ।

रिसोर्टका तर्फबाट महा-प्रबन्धक बुद्धिप्रसाद तिवारी र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख क्षेत्रीय व्यापार अधिकृत (एनबीसीओ) राजु रानाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैंकको अन्य विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा रिसोर्टले आवासमा १५ प्रतिशत साथै खाना तथा मनोरञ्जनलगायतका सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

पर्यटकीय क्षेत्रका लागि प्रसिद्ध बागलुङमा कालिका मन्दिर, पन्चकोट, शालिग्राम संग्राहलयलगायतका ठाउँ अवलोकनका लागि आवतजावत बाक्लिएको छ । इला कम्फर्ट होटल एण्ड रिसोट आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण मानिन्छ ।

प्रभु बैंक लिमिटेड तथा इला कम्र्फट होटल एण्ड रिसोर्टबीच भएको योे साझेदारीले बाग्लुङ पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुनेछन् ।

Logo