बीवाईडीद्वारा इलेक्ट्रिक र प्लग-इन हाइब्रिड कारहरूको मूल्यमा ३५ प्रतिशतसम्म कटौतीको घोषणा

बीवाईडीद्वारा इलेक्ट्रिक र प्लग-इन हाइब्रिड कारहरूको मूल्यमा ३५ प्रतिशतसम्म कटौतीको घोषणा

केन्द्रबिन्दु
30
Shares

काठमाडाैं । चीनको सबैभन्दा धेरै कार बिक्री गर्ने कम्पनी बीवाईडीले आफ्ना इलेक्ट्रिक र प्लग-इन हाइब्रिड कारहरूको मूल्यमा ३५ प्रतिशतसम्म कटौतीको घोषणा गरेको छ।

हालका महिनाहरूमा बीवाईडीले आफ्ना पुराना मोडलहरूको स्टक खाली गर्ने प्रयास गरिरहेको थियो। तर, यो नयाँ मूल्य कटौती विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा उपभोक्ताको मागमा आएको सुस्तीलाई पनि झल्काउँछ।

एचबीएससीका चीन अटो रिसर्चका प्रमुख युक्वान डिंगकाअनुसार बीवाईडी र अन्य चिनियाँ ईभी निर्माताहरूका लागि मूल्यमा दबाब एक अस्थायी अवस्था बनेको छ। तर, विश्व बजारमा, विशेषगरी युरोपमा थप बजार हिस्सा हासिल गर्नु उनीहरूको मुख्य लक्ष्य रहेको छ।

रिपोर्टका अनुसार मूल्य कटौतीको दुई दिनभित्र बीवाईडीका शोरूममा ३० देखि ४० प्रतिशतसम्म ग्राहकको आगमन वृद्धि भएको देखिएको छ ।

Logo