स्मार्टफोन प्रयोगकर्ताको प्राथमिकतामा बनेको रेड्मी नोट १४ प्रो प्लस ५ जी, मूल्य कति ?

स्मार्टफोन प्रयोगकर्ताको प्राथमिकतामा बनेको रेड्मी नोट १४ प्रो प्लस ५ जी, मूल्य कति ?

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । स्मार्टफोन टिकाउपन, प्रदर्शन र प्रयोगकर्ताको अनुभवलाई ध्यानमा राख्दै रेड्मीले नयाँ मोडेल रेड्मी नोट १४ प्रो प्लस ५ जी सार्वजनिक गरेको छ । जसले डिजिटल युगको मागअनुसार स्मार्टफोन टिकाउपनको परिभाषा पुनः परिभाषित गरेको दाबी गरिएको छ।

उक्त मोडेलमा १.५ के रिजोल्युसनसहितको एमोलेड डिस्प्ले, गोरिल्ला ग्लास भिक्टस २, डस्ट तथा वाटर रेजिस्टेन्स जस्ता विशेषता समावेश छन्, जसले फोनलाई धुलो, पानी र आकस्मिक झरनाबाट सुरक्षित राख्न मद्दत पुर्याउँछ ।

“अल स्टार ड्युरेविलिटी”को प्रत्याभूति

रेड्मीले प्रस्तुत गरेको “अल स्टार ड्युरेविलिटी” विशेषता केवल एउटा मार्केटिङ स्लोगन मात्र नभई वास्तविक टिकाउपनको प्रतीक हो। यसमा १.५के रिजोलुसनसहितको एमोलेड डिस्प्ले र गोरिल्ला ग्लास भिक्टस २ प्रयोग गरिएको छ, जसले यसलाई कठोर अवस्था सहन सक्ने बनाउँछ। आई.पी. ६८ डस्ट र वाटर रेसिस्टेन्सले यो धुलो र पानी दुवैप्रति प्रतिरोधी रहेको देखाउँछ, जुन दैनिक जीवनका सामान्य दुर्घटनाहरूका लागि अत्यन्त उपयोगी छ।

बलियो संरचना मात्र नभई स्मार्टफोनको प्रदर्शन पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। रेड्मी नोट १४ प्रो प्लस ५जी मा स्न्यापड्रागन ७ एस जेन ३ चिपसेट रहेको छ, जसले यसलाई ‘फास्ट एण्ड स्मूद’ बनाउँछ। गेमिङ वा मल्टिटास्किङ, कुनै पनि कार्यमा यो फोनले उत्कृष्ट प्रदर्शन गर्छ। ८ जीबी प्लस २५६ जीबी र १२ जीबी प्लस ५१२ जीबी को भण्डारण विकल्पले प्रयोगकर्तालाई भण्डारणको चिन्ताबाट मुक्त राख्छ।

उन्नत क्यामरा क्षमता

रेड्मीले अब सस्तो फोनमा पनि उन्नत क्यामरा सुविधाहरू प्रदान गर्न थालेको छ। यसमा २०० मेगापिक्सेलको मुख्य क्यामरा र १६–इन–१ पिक्सेल बिनिङ सुविधा छ। साथै, ८ एमपी अल्ट्रा–वाइड, २ एमपी म्याक्रो, र २० एमपी सेल्फी क्यामराको संयोजनले यसलाई फोटोग्राफी उत्साहीहरूका लागि उपयुक्त बनाउँछ। डायनामिक शट्स, मोशन ट्र्याकिङ, र डुअल भिडियो मोड जस्ता फिचरले प्रयोगकर्तालाई चाहेजस्तो दृश्य कैद गर्न स्वतन्त्रता दिन्छ।

लामो समयसम्म चल्ने ब्याट्री र द्रुत चार्जिङ

५११० एमएएच ब्याट्री र १२० वाटको हाइपरचार्ज टेक्नोलोजीले प्रयोगकर्तालाई “चिन्ता नगर, चार्ज फटाफट” भन्ने सन्देश दिन्छ। ल्याभेन्डर पर्पल, फ्रस्ट ब्लु, र मिडनाइट ब्ल्याक जस्ता आकर्षक रङहरूमा उपलब्ध यो स्मार्टफोनले प्रयोगकर्ताको व्यक्तित्वलाई पनि झल्काउँछ। रु. ४९,९९९ र रु. ५४,९९९ को बीचमा आउने यी फोनहरूले बजेट अनुसारको विकल्प प्रदान गर्ने कम्पनीकाे भनाइ छ ।

Logo