काठमाडाैं । सीजी इलेक्ट्रोनिक्सले सञ्चालन गरेको क्राम्प्टन “नयाँ वर्षको ठूलो हर्ष” नामक उपभोक्ता क्याम्पेनअन्तर्गतको मासिक लक्की ड्र कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रम जेठ ११ मा क्राम्प्टनको आधिकारिक फेसबुक पेजमार्फत लाइभ प्रसारण गरिएको थियो। जसमा देशभरबाट सहभागी भएका उपभोक्ताहरूको विवरण समावेश गरिएको थियो।
यस महिनाको लक्की ड्रबाट रूपा अकोलिया विजेता घोषित भएको कम्पनीले जनाएको छ। उनले क्रम्प्टन ब्राण्डको उत्पादन चौधरी समूह अन्तर्गतको आधिकारिक डिलरमार्फत खरिद गरी, क्यूआर कोड स्क्यान गरेर आफ्नो विवरण दर्ता गरेकी थिइन्। त्यसपछि कम्प्युटराइज्ड र्यान्डम प्रणालीबाट गरिएको ड्रमा उनी माइडिया १० किलो वासिङ मेसिन जित्न सफल भएकी हुन्।
क्राम्प्टन ग्रिभ्स कन्जुमर इलेक्ट्रिकल्स लिमिटेड ८५ वर्षभन्दा बढीको इतिहास बोकेको भारतको पंखा ब्रान्ड हो। यसले घरायसी प्रयोगका लागि पंखा, एयर कूलर, वाटर हिटर, मिक्सर ग्राइन्डर, इन्डक्सन र अन्य धेरै उपकरणहरू उत्पादन गर्दै आएको छ।
सीजी इलेक्ट्रोनिक्स चौधरी समूह अन्तर्गतको प्रमुख उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी हो। यसले नेपालभर आफ्नो शोरूम तथा अधिकृत डिलर नेटवर्कमार्फत क्राम्प्टनलगायतका अन्तर्राष्ट्रिय ब्रान्डहरू वितरण गर्दै आएको छ।































प्रतिक्रिया