यातायातको वैकल्पिक साधन इनड्राइभ प्रयोग गर्न सुझाव

यातायातको वैकल्पिक साधन इनड्राइभ प्रयोग गर्न सुझाव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । देशव्यापी अनिश्चितकालीन सार्वजनिक सवारी साधन बन्दको अवस्थालाई मध्यनजर गर्दै इनड्राइभले आफ्ना प्रयोगकर्ताहरुलाई यातायातको वैकल्पिक र भरपर्दो सेवा बनेको बताएको छ । सुलभ र सजिलो यातायात सुनिश्चित गर्ने हाम्रो प्रयासको मुख्य आधार हाम्रो बिडिङ (मोलमोलाई) मोडल रहेको कम्पनीको भनाइ छ ।

इनड्राइभले प्रयोगकर्ता र चालकलाई नै पारदर्शी संवादमार्फत उनीहरू आँफैलाई भाडादर तय गर्ने अधिकार समेत रहेको कम्पनीको दावी छ। यात्रुहरुले आफूले जान चाहेको गन्तव्य राखेर प्रस्तावित भाडादर नजिक रहेका चालकहरूलाई पठाइन्छ, त्यसपछि ती चालकहरूले सो प्रस्ताव स्वीकार गर्न, नयाँ दर सुझाव गर्न वा राइड अस्वीकार गर्न पनि सक्छन्।

कम्पनीका अनुसार, इनड्राइभको ‘फेयर प्राइस’ मोडलले नेपालको राइड-हेलिङ क्षेत्रमा भाडाको असमानतालाई चुनौती दिँदै यात्रुहरूलाई पारदर्शिता र निष्पक्षताको सिद्धान्तमा आधारित सेवा उपलब्ध गराउने दाबी छ।

हालको यातायात बन्दको अवस्थामा पनि, इनड्राइभको प्लेटफर्ममा दशौं हजार चालकहरू उपलब्ध रहेको र उनीहरूले यात्रुहरूलाई सवारी सेवाको निरन्तरता सुनिश्चित गरिरहेको कम्पनीले जनाएको छ। इनड्राइभले चालकहरूबाट अत्यन्त न्यूनतम कमिशन लिने नीतिमा विश्वास राख्दै त्यसलाई व्यवहारमा पनि उतारिरहेको बताएको छ।

यसै सन्दर्भमा, इनड्राइभले चार-पाङ्ग्रे सवारी साधन (कार) का चालकहरूलाई पिक-आवर (अत्यधिक व्यस्त समय) मा शून्य प्रतिशत कमिशन सुविधा उपलब्ध गराएको छ। यसले चालकहरूको आम्दानी बढाउनुका साथै यात्रुहरूलाई सहज रूपमा राइड पाउन सजिलो बनाउने विश्वास गरिएको छ। साथै, मोटरसाइकल चालकहरूका लागि पनि विभिन्न बोनस योजना सञ्चालन भइरहेको र त्यसको जानकारी उनीहरूलाई एपमार्फत निरन्तर दिइरहेको कम्पनीले उल्लेख गरेको छ।

यात्रुहरूका लागि प्रत्यक्ष छुटको रूपमा यी सुविधा लागू नभए पनि, यसले उनीहरूलाई अप्ठ्यारो परिस्थितिमा भरपर्दो र सजिलो सेवा उपलब्ध गराउने इनड्राइभको प्रतिबद्धता प्रमाणित गर्ने कम्पनीको भनाइ छ।

Skip This
Skip This
Logo