काठमाडौं । सिद्धार्थ बैंक र गोल्डेन हस्पिटल प्रालिबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
विराटनगरमा सम्पन्न एक विशेष समारोहमा गोल्डेन हस्पिटल प्राइभेट लिमिटेड (दर्ता कार्यालय जनपथ टोल–११, विराटनगर) का प्रमुख कार्यकारी अधिकृत मो. जियाउल हक र सिद्धार्थ बैंक लिमिटेड (केन्द्रीय कार्यालय नक्साल, काठमाडौं) का विराटनगर शाखा प्रबन्धक सूर्य प्रसाद शर्मा बीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले बिराटनगर स्थित गोल्डेन हस्पिटलमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।





























प्रतिक्रिया