गाडीको ग्राउन्ड क्लियरेन्स बढाउने ‘रोगरएवी’ एसेसरिज नेपाली बजारमा प्रवेश

गाडीको ग्राउन्ड क्लियरेन्स बढाउने ‘रोगरएवी’ एसेसरिज नेपाली बजारमा प्रवेश

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । नेपाली सवारी साधन प्रयोगकर्ताहरूका लागि सुखद खबर आएको छ । अब गाडीको ग्राउन्ड क्लियरेन्स (भुइँबाट गाडीको तल्लो भागको उचाइ) सजिलै बढाउन सकिने प्रविधि नेपालमा भित्रिएको छ । कार केयर लाउन्ज प्रालिले भारतको चर्चित रोगरएव ब्रान्डको यस्तो एसेसरिज नेपाली बजारमा भित्र्याएको हो।

कम्पनीका अनुसार रोगरएव एसेसरिज कम ग्राउन्ड क्लियरेन्स भएका जुनसुकै गाडीमा जडान गर्न सकिनेछ। यसलाई गाडीको चारवटा सस्पेन्सन क्वाइलमा ३) मिनेटमै जडान गर्न सकिन्छ। जडानपछिको परिणामस्वरूप गाडीको ग्राउन्ड क्लियरेन्स १ देखि १.५ इन्चसम्म बढ्ने बताइएको छ। रोगरएव एसेसरिज उच्च गुणस्तरको हाई ग्रेड सिलिकन प्रयोग गरेर निर्माण गरिएको हो। यो उत्पादन प्याटेन्टेड र सर्टिफाइड भएको कम्पनीले जनाएको छ, जसले यसलाई अन्य कम्पनीहरूले नक्कल गर्न नसक्ने बनाएको छ।

उत्पादनमा ५ वर्षको ग्यारेन्टी दिइएको छ। यदि पाँच वर्षभित्र कुनै समस्या आयो भने बिनाशुल्क प्रतिस्थापन सेवा उपलब्ध गराइने कम्पनीको भनाइ छ। साथै, ग्राहक सन्तुष्टिका लागि ३) दिनको ‘वाइ ब्याक वारेन्टी’ सुविधा पनि प्रदान गरिएको छ।
रोगरएव को प्रयोगले गाडीलाई अफरोड वा कच्ची सडकमा चलाउँदा हुने हल्लिनु, झड्का लाग्नु र सस्पेन्सनमा क्षति पुग्नुजस्ता समस्याबाट जोगाउने काम गर्छ। साथै, गाडीको ह्यान्डलिङमा पनि सुधार ल्याउने कम्पनीको दाबी छ। यसको प्रयोगबाट ड्राइभिङ अनुभव झन सहज र सुरक्षित हुने बताइएको छ। रागरएव एसेसरिज कार र एसयुभी दुवैमा प्रयोग गर्न मिल्ने गरी सातवटा साइजमा उपलब्ध छ। विशेषगरी, कम ग्राउन्ड क्लियरेन्स भएका इलेक्ट्रिक गाडी (इभि) हरूका लागि यो झन प्रभावकारी हुने कम्पनीको भनाइ छ।

नेपालमा हालैदेखि यसको प्रयोग टोयोटाका आधिकारिक सर्भिस सेन्टरहरू मार्फत सुरु भइसकेको छ भने अन्य ब्रान्डहरूका लागि पनि जडान प्रक्रिया विस्तार भइरहेका छन् ।

Skip This
Skip This
Logo