सानिमा बैंकका ग्राहकहरुलाई सफायर एस्थेटिक्स प्रालिमा १५ प्रतिशतसम्म छुट

सानिमा बैंकका ग्राहकहरुलाई सफायर एस्थेटिक्स प्रालिमा १५ प्रतिशतसम्म छुट

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । सानिमा बैंक लिमिटेडले डिजिटल भुक्तानी प्रणालीको प्रचलन बढाउँदै आफ्ना ग्राहकलाई विशेष सेवा प्रदान गर्ने उद्देश्यका साथ सफायर एस्थेटिक्स प्रा.लि. कुपोन्डोलसँग सहकार्य गरेको छ ।

सहकार्यअनुसार सानिमा बैंकका ग्राहकहरूले सफायर एस्थेटिक्समा उपलब्ध सौन्दर्य तथा स्किन केयर सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। यो छुट सानिमा भिसा डेबिट वा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा लागू हुनेछ।

बैंकका अनुसार डिजिटल कारोबारमा प्रोत्साहन दिन यस्ता छुट तथा सहकार्य कार्यक्रम निरन्तर रुपमा विस्तार गरिँदै आएका छन्।

Skip This
Skip This
Logo