काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकहरुका लागि ‘इन्स्टा फाइनान्स’ सेवालाई थप सरल र पहुँचयोग्य बनाएको छ । अब ग्राहकहरुले नागरिकता प्रमाण पत्रको आधारमा नै सामसङका टिभी र होम अप्लायन्स खरिद गर्न सक्ने भएका छन्।
यसअघि टिभीका लागि मात्रै केही कागजातको साथमा फाइनान्स सुविधा उपलब्ध थियो भने, अन्य होम अप्लायन्सका लागि थप कागजातहरुको आवश्यकता पर्दथ्यो। तर, अब यो सुविधा सबै सामसङ होम अप्लायन्सहरुमा लागू हुने कम्पनीकाे भनाइ छ ।
नयाँ व्यवस्था अनुसार, ग्राहकहरुले आफ्नो र एक ग्यारेन्टरको नागरिकता प्रमाण पत्रका साथै २-२ वटा पासपोर्ट साइजको फोटो लिएर नजिकको डिलरबाट आवेदन दिन सक्नेछन्। यो सुविधा २०८१ जेठ ७ गते देखि लागू भइसकेको छ।
ग्राहकहरुले ३० प्रतिशत डाउन पेमेन्ट गरी १२ महिनाको किस्तामा शून्य प्रतिशत ब्याजदरमा सामसङका उत्पादनहरु खरिद गर्न सक्नेछन्। यो सेवा सामसङका ३०,००० भन्दा बढी मूल्यका टिभी र होम अप्लायन्सहरुमा मात्र उपलब्ध हुनेछ।
सामसङका नवीनतम प्रविधिहरु नेपाली ग्राहकहरुमाझ पुर्याउने उद्देश्यले यो योजना ह्युलास फिन सर्भ हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालन गरिएको छ। सामसङ इन्स्टा फाइनान्स देशभरका २०० भन्दा बढी आधिकारिक सामसङ स्टोरहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। हिम इलेक्ट्रोनिक्स प्रा. लि. र त्रिवेणी व्यापार प्रा. लि. ले यसको वितरण व्यवस्थापन गरिरहेका छन्।
यो सुविधाले नेपाली उपभोक्ताहरुलाई बिना कुनै झन्झट सामसङका अत्याधुनिक उपकरणहरु घर लैजान थप सहज बनाउने कम्पनीकाे अपेक्षा छ।































प्रतिक्रिया