काठमाडौं । सोमबार सेयर बजारमा उत्साह देखिएको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक २७.२९ अंकले बढेको हो । योसँगै नेप्से २६५७.१९ बिन्दुमा उक्लिएको छ ।
कारोबार अवधिभर ३२४ कम्पनीको १ करोड ७५ लाख १ हजार ८०२ कित्ता सेयर ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार रुपैयाँमा किनबेच भयो । १९१ कम्पनीको सेयर मूल्य बढ्दा ५६ कम्पनीको घट्यो ।
बजार बढ्दा यसदिन अन्य र हाइड्रोपावर सेक्टर चम्किएका छन् । अन्य सेक्टर २.७५ प्रतिशत र हाइड्रोपावर सेक्टर २.४७ प्रतिशतले बढेको छ । ११ सेक्टरमा हरियाली छाउँदा होटल एण्ड पर्यटन र जीवन बीमा समूह भने घट्यो ।
मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी, डोल्ती पावर र विन्ध्यवासिनी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।
त्यसैगरी, माया खोला हाइड्रोपावर, घलेम्दी हाइड्रो, मेन्छियाम हाइड्रो, रावा इनर्जी पनि सर्वाधिक मूल्य बढ्नेको लिस्टमा अटाए ।
यता सप्तकोशी डेभलपमेन्ट बैंक, भूगोल इनर्जी, मिथिला लघुवित्त लगायत कम्पनीको सेयर मूल्य घटेका छन् ।





























प्रतिक्रिया