‘अमेरिकाको नयाँ नीतिले ट्रेडमा ल्याएको होडबाजीले नेपाललाई पीडा दियो’ -मन्त्री भण्डारी

‘अमेरिकाको नयाँ नीतिले ट्रेडमा ल्याएको होडबाजीले नेपाललाई पीडा दियो’ -मन्त्री भण्डारी

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अमेरिकाले ल्याएको ट्रेडसँग सम्बन्धि नयाँ नीतिले नेपाललाई प्रसव पीडामा पुर्याएको बताएका छन् ।

बुधबार नेपाल अमेरिका व्यापारः अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले अमेरिकाको नयाँ सरकार बनिसकेपछिको नीतिले नेपाललाई अप्ठ्यारो परेको बताएका हुन् । उनले भने, ‘हामीले पछिल्लो अमेरिकाको चुनावको पूर्वसन्ध्यामा नेपाल र अमेरिकाबिच सम्झौता गरेका थियौ । अमेरिकाको नयाँ सरकार बनिसकेपछिको नीतिले ट्रेडमा चलेको होडबाजीको विश्वव्यापी केही पराकम्पन आए ।’

उनले थप भने, ‘त्यसका हाम्रो तर्फबाट गर्नुपर्ने कुटनीतिक प्रयासहरु थप गर्नुपर्ने आवश्यकता भएको छ । हामी प्रसव पिडामा छौं । यहाँबाट अगाडि बढ्ने कि सकिने भनेर । हामीले चाहेर नचाएर पनि हाम्रो सामर्थ्यले अगाडि बढ्नुपर्नेछ ।’

मन्त्री भण्डारीले अहिलेको समयमा नेपालले ट्रेड प्रमोशन नभइकन अर्थतन्त्रमा नयाँखालको प्रगति गर्ने अवस्था नरहेको बताए ।

Logo