कुमारी बैंकका ग्राहकलाई गुर्जुधारा भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा विशेष छुट

कुमारी बैंकका ग्राहकलाई गुर्जुधारा भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा विशेष छुट

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेड र गुर्जुधारा काठमाडौंस्थित भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि (गुर्जुधारा ट्रायल सेन्टर) बीच विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौताअनुसार यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले सवारी चालक अनुमति पत्रको लागी प्रयोगात्मक परीक्षा सञ्चालन गराउँदै आएको गुर्जुधारास्थित भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा उपलब्ध सम्पूर्ण ड्राइभिङ कोर्समा बैंकका ग्राहकलाई १५ प्रतिशत छुट उपलब्ध गराइने भएको छ ।

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले आफ्ना ग्राहकको सुबिधाको लागि विभिन्न क्षेत्रका व्यवसायीसँग समन्वयन गरि छुट तथा किस्ताबन्दीका सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

Skip This
Skip This
Logo