सर्लाही

नेपालीहरुको महान् चार्ड विजया दशमी, दिपावली एवं छठ पर्वको पूर्वसन्ध्यामा उखुको पैसा नपाउँदा किसानलाई निकै समस्या भएको उखु किसान नेताहरुले बताएका छन् । "/>

दशैँमा भोकभोकै मर्नु भन्दा, गोली खाएर मर्छौं : उखु किसानको चेतावनी

दशैँमा भोकभोकै मर्नु भन्दा, गोली खाएर मर्छौं : उखु किसानको चेतावनी

केन्द्रबिन्दु
0
Shares

सर्लाही

नेपालीहरुको महान् चार्ड विजया दशमी, दिपावली एवं छठ पर्वको पूर्वसन्ध्यामा उखुको पैसा नपाउँदा किसानलाई निकै समस्या भएको उखु किसान नेताहरुले बताएका छन् । आईतवार सर्लाहीको हरिवनमा उखु किसान सम्बद्ध नेपाल उखु उत्पादक महासंघ, नेपाल उखु उत्पादक किसान संघ, किसान हकहित समिति र मिलगेट उखु उत्पादक समितिले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै किसान नेताहरुले मुलुकभर किसानले चिनी उद्योगी र सरकारी अनुदान बापत ३ अर्ब २८ करोड रुपैयाँ भन्दा बढी रकम अझै पनि भुक्तानी नपाएको बताए ।

उखुको भुक्तानीमा चिनी उद्योगीले गरेको आलटालबाट आजित भएका किसानलाई सरकारले समेत लामो समय देखि अनुदान रकम उपलब्ध नगराउँदा किसानहरु चाडपर्वको मुखमा भोकभोकै मर्ने अवस्था आएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले गुनासो गरे । ‘उखुको भुक्तानी नपाउँदा उल्लासपूर्ण ढंगले मनाउनु पर्ने महान् चार्डमा किसानहरु भोकभोकै मर्नुपर्ने अवस्था आएको छ’, उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले भने, ‘अब भोकभोकै मर्नु भन्दा कडा आन्दोलनमा उत्रन्छौं, बरु गोली खाएर मर्न चाहन्छौं ।’

पहिला उखु खेती गर्दा देखि मलखाद, कटानी, ढुवानीमा समेत ऋण काढेर किसानले काम टारे पनि चिनी उद्योग र सरकारबाट उखुको भुक्तानी नपाउँदा यसवर्षको दशैं, दिपावली र छठ साह्रै खल्लो हुने अवस्था आएको मैनालीले दुःखेसो व्यक्त गरे । ‘उखु किसानले दुई वर्ष देखि ऋण काढेर र उधारोमा व्यवहार चलाउँदै आएका छन्’, मैनालीको प्रश्न थियो, ‘अब साहुले ऋण पनि थप्दैनन् र उधारो पनि नपाएपछि उखुको भुक्तानी नपाउने किसानले के गरी दशैं, दिपावली र छठ मान्नु ?’
नागरिकबाट

Skip This
Skip This
Logo