रेसिङ च्याम्पियनसिपको दाेस्राे राउन्ड सम्पन्न, पौडेल बने विजेता

रेसिङ च्याम्पियनसिपको दाेस्राे राउन्ड सम्पन्न, पौडेल बने विजेता

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपाल रोड रेसिङ च्याम्पियनसिपको राउन्ड २ सम्पन्न भएको छ ।

मोटर स्पोर्ट्स नेपाल क्लबले नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) सँगको सहकार्यमा आयोजना गरेको रेसिङ च्याम्पियनसिप बनेपाको चण्डेश्वरी ड्राइभिङ स्कुलमा सम्पन्न भएकाे हाे ।

रोड रेसिङ च्याम्पियनसिप अन्तर्गत नेसनलतर्फ श्रीहरी पौडेलले पहिलो स्थान हासिल गरे । त्यसैगरी दिलिप दनुवार दोस्रो र संस्कार विष्ट तेस्रो भए ।

नोभिसतर्फ सायल गजमेर विजयी बने भने क्रिसल थापा र सिमोन चौलागाई क्रमशः दोस्रो र तेस्रो बने । रेसनारीतर्फ वर्षा बस्नेत विजयी बनिन् भने नवाङ मोक्तान र सुरक्षा केसीले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे ।

यामाहा नेपालको मुख्य प्रायोजनमा भएको सो रेसिङ च्याम्पियनसिपमा यामाहा आरवान फाइभ सिरिजका मोटरसाइकल कुदाइएको थियो । यसमा टायर पार्टनर रेजमोटो टायर, सेफ्टी गियर पार्टनर कवच गियर रहेका थिए भने सेल लुब्रिकेन्ट, क्यास्ट्रोल लुब्रिकेन्ट, द वन्डरल्यान्ड नेपाल, हिट्को, मोटो वर्ल्ड, टीएनएस मोटो नेपाल आदिको सहयोग रहेको थियो ।

Logo