एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकको स्वामित्वमा रहेका बैंकिङ्ग तथा गैर बैंकिङ्ग सम्पत्ति, साथै धितोमा रहेको सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी सम्पूर्ण जानकारी समेटिएको एक विशेष अनलाइन पोर्टल सार्वजनिक गरिसकेको छ ।

बैंकले सञ्चालनमा ल्याएको पोर्टलमार्फत लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, तस्बिर, नक्सा तथा गुगल म्यापसहितको स्थान सम्बन्धी विस्तृत विवरण हेर्न सकिनेछ। यस पोर्टलले बैंकद्वारा प्रकाशन गरिएका लिलाम सूचना अन्तर्गत रहेको क्युआर कोड स्क्यान गरेर सहज पहुँचको सुविधा समेत प्रदान गर्दछ।

बैंकले लिलाम प्रक्रिया पारदर्शी बनाउँदै ग्राहकलाई जानकारीमुखी बनाउन पोर्टलमा ‘म्यासेज बक्स’ सुविधा पनि राखेको छ। जसअन्तर्गत इच्छुक व्यक्तिले आफू चाहेको सम्पत्तिको बारेमा थप जानकारी पाउनका लागि आफ्नो नाम, इमेल, फोन नम्बर तथा सम्पर्क ठेगाना राखी सोधपुछ गर्न सक्नेछन्।

एनआईसी एशिया बैंकका अनुसार पोर्टलमा नियमित रूपमा बैंकिङ्ग, गैर बैंकिङ्ग तथा धितोमा रहेको सम्पत्तिहरूका विवरण र लिलाम बिक्रीका अन्य सूचना अद्यावधिक गरिनेछ। यसले बैंक सम्पत्तिको पुनः प्रयोग, जोखिम न्यूनीकरण र ग्राहक पहुँचलाई डिजिटल रूपमा प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ।

बैंकले ग्राहकलाई उक्त पोर्टलमार्फत सम्पत्तिको यथार्थ जानकारी लिई सजिलो, पारदर्शी र प्राविधिक रूपमा सशक्त तरिकाले लिलाम प्रक्रिया सहभागिता गर्न आग्रह गरेको छ। यस डिजिटल प्रविधिको प्रयोगले बैंकिङ्ग प्रणालीमा पारदर्शिता, उत्तरदायित्व र दक्षता बढाउने अपेक्षा गरिएको छ।

Skip This
Skip This
Logo