काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ गाउँमा रहेको स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरेको छ ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम स्याङ गाउँमै आयोजित गरिएको थियो, जहाँ सांग्रिला डेभलपमेन्ट बैंकको जोमसोम शाखाका प्रबन्धक टासी थकालीले केन्द्रकी अनमी आशमाया परियार तथा वडा सदस्य वीरप्रसाद थकालीलाई औपचारिक रूपमा अक्सिजन कन्सेन्ट्रेटर प्रदान गरेका थिए।
कार्यक्रममा शाखा प्रबन्धक थकालीले बैंकले हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय, स्वास्थ्य संस्था तथा विभिन्न समुदायलाई छात्रवृत्ति, शैक्षिक र स्वास्थ्य सामग्री सहयोग गर्दै आएको उल्लेख गर्दै, यो क्रम आगामी दिनमा पनि निरन्तर जारी रहने प्रतिवद्धता व्यक्त गरे ।
स्वास्थ्य केन्द्रकी अनमी परियारले अक्सिजन कन्सेन्ट्रेटरले विशेष गरी दम, निमोनिया, तथा श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित बिरामीको उपचारमा सहयोग पुग्ने र अत्यन्त जरुरी उपकरण रहेको बताउँदै बैंकप्रति आभार व्यक्त गरिन्।
घरपझोङ गाउँपालिका वडा नं. ३ का सदस्य वीरप्रसाद थकालीले बैंकको सहयोगले स्थानीय स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा महत्वपूर्ण सुधार ल्याउने विश्वास व्यक्त गरे।
हाल सांग्रिला डेभलपमेन्ट बैंकले १०९ वटा शाखा र ३० वटा एटीएममार्फत सेवा दिइरहेको छ।





























प्रतिक्रिया