काठमाडौं । बागमती अटो जिमखाना तथा टिडिएस मोटर र्याली आगामी १४ गते आयोजना गरिने भएको छ ।
बागमती अटोमोवाइल्स एसोसिएसनको आयोजना र मोटोभर्स स्पोर्टस् क्लव तथा जियोन ओभरल्याण्डको व्यवस्थापनमा हुने सो मोटर र्याली तथा अटो–जिमखाना कम्पीटीसनमा कुल ३२ गाडी सहित कुल ७७ जना खेलाडी (ड्राईभर्स) कोे सहभागीता रहनेछ । जहा १८ जना दक्ष मार्शल परिचालित हुनेछन् ।
बागमती प्रदेश प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग रहने सो र्याली रोयल टुलिप काठमाडौं, ग्वार्को, ललितपुरबाट शुरु भई लुभू, लाकुरी भञ्ज्याङ, कुशादेवी–पनौती हुँदै बनेपास्थित चण्डेश्वरी ड्राइभिङ स्कूलमा पुगि सम्पन्न हुनेछ ।
टिडिएस सिस्टममा हुने सो र्याली पश्चात् सोही ड्राइभिङ स्कूलमा पहिलो बागमती अटो जिमखाना आयोजना गरिनेछ जसको लागी आकर्षक अस्थायी सर्किट निमर्ण गरिनेछ । रु २ लाख प्राइज पुलको सो इभेन्ट र्यालीका विजेताहरूले शिल्ड, प्रमाणपत्र, गिफ्ट हयाम्पर पाउनेछन् भने अटो जिमखानाका कूल ३ जना विजयी २ लाखका हकदार हुने छन् र एसियन अटो जिमखानाको लागी चयन हुनेछन्, जहाँ ५ भन्दा ज्यादा महिला ड्राइभर सहभागी भएमा वेस्ट फिमेल ड्राइभर्स अवार्ड समेत प्रदान गरिनेछ ।
उपत्यकाकै आकर्षक र्याली रुटमा हुने तथा नेपालकै आकर्षक र भब्य ड्राइभिङ सेन्टरमा पहिलोपटक भइरहेको यस प्रतियोगीताको शुभारम्भ प्रदेशका आर्थिक मामिला मन्त्रीबाट तथा समापन र पुरस्कार वितरण बागमती प्रदेशका सदाय सचिवद्वारा गरिनेछ ।
सहभागी दर्ता शुल्क दुवै इभन्टको जम्मा पाँच हजार मात्र रहेकोमा एक इमेन्टमा मात्र भाग लिनेले ३ हजार मात्र बुझाउनुपर्नेछ । र्यालीको टिममा २ जना ड्राइभर रहने छन् भने रेसिङ्गमा एक/एक जना मात्रको प्रतिष्पर्धा रहनेछ ।
समय–दुरी–गतिको आधारमा निर्णय गरिने र्याली विश्वकै मोटर स्पोर्टसको लोकप्रिय विधा हो भने अस्थाई रूपमा तयार गरिएको सर्ट–सर्किटमा हुने रेसिङ्ग स्किल, स्पीड र एडभेञ्चरको संयोजन हो ।































प्रतिक्रिया