लगनखेलमा यामाहा ब्लू फेस्ट २०८२ को सुरुवात, उत्कृष्ट मूल्याङ्कनसहित एक्सचेन्जकाे अवसर

लगनखेलमा यामाहा ब्लू फेस्ट २०८२ को सुरुवात, उत्कृष्ट मूल्याङ्कनसहित एक्सचेन्जकाे अवसर

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव “यामाहा ब्लू फेस्ट” आज लगनखेल बसपार्कमा एक भव्य उद्घाटन समारोहसहित औपचारिक रूपमा सुरु भएको छ।

कार्यक्रमको औपचारिक उद्घाटन वाडाका अध्यक्ष नारायणलाल अवाले र एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले गरेका थिए।असार १२ गतेदेखि १७ गते सम्म चल्ने यो महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक आकर्षक भ्यालुएसन र अफरहरू सहित सहजै एक्सचेन्ज गर्न पाइनेछ।

असार १२ गतेदेखि १७ गतेसम्म चल्ने रोमाञ्चक कार्यक्रममा कुनै पनि ब्रान्डका कुनै पनि बाइकलाई उत्कृष्ट मूल्याङ्कन र फाइदाहरूका साथ साट्ने अवसर प्राप्त हुनेछ।

याे फेस्टमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक एक्सचेन्ज गर्न मिल्ने, यामाहा बाइक वा स्कुटरमा न्यूनतम ५० हजारकाे मूल्यांकन तथा अन्य ब्रान्डमा न्यूनतम २५ हजारको मूल्यांकन गरिनेछ । साथै एक्सचेन्जमा अतिरिक्त १० हजार रुपैयाँ बोनस पनि पाइनेछ । नगद छुटकाे व्यवस्था पनि छ । साथै ७.९९ प्रतिशत ब्याजदरमा वित्तपोषण, ग्यारेन्टर आवश्यक नपर्ने बताइएकाे छ ।

चाहे दैनिक यात्रा गर्ने यात्रु होस्, रेसिङ प्रेमी होस् वा एडभेन्चर खोज्ने साहसी राइडर, यामाहा नेपालले हरेक प्रकारका यात्रुहरूका लागि बनाइएका विविधता युक्त र शक्तिशाली बाइक तथा स्कुटरहरू प्रस्तुत गर्दै आएको छ।

यामाहा ब्लू फेस्ट केवल सवारी साधन एक्सचेन्ज कार्यक्रम मात्र होइन, यो सवारी संस्कृतिको उत्सव पनि हो, जसमा इनोभेसन, फनर कम्युनिटी बीचको सम्बन्ध मिसिएको छ। त्यसैले तपाईं आफ्नो बाइक अपग्रेड गर्न खोजिरहनुभएको छ अथवा केवल फेस्टिभलको मजा लिन चाहनुहुन्छ भने, यो हप्ता यामाहा ब्लू फेस्ट लगनखेल नै तपाईंको लागि सहि गन्तव्य हुन सक्छ ।

Skip This
Skip This
Logo