काठमाडौं । मनसुनमा आफ्ना ग्राहकलाई लक्षित गर्दै एसपीजी अटोमोबाइल्सले ‘मेगा मनसुन अपग्रेड’ योजना ल्याएको छ । एसपीजी ओमोडा एन्ड जेइकोको नेपालका लागि आधिकारिक वितरक हो ।
यस योजनाअन्तर्गत ओमोडा एन्ड जेइको ब्रान्डका गाडीहरूमा जुनसुकै ब्रान्डको पुरानो गाडी एक्सचेन्ज गर्दा १ वर्षको लागि शून्य ब्याजदर, आकर्षक नगद छुट र एक्सचेन्ज बोनस उपलब्ध हुनेछ । यो योजना असार ११ गतेदेखि लागू भैसकेको छ ।
देशभर सञ्चालन हुने यो मनसुन अपग्रेड अफरले नयाँ इलेक्ट्रिक गाडीमा अपग्रेड हुन चाहने ग्राहकहरूलाई वित्तीय सहजता थप्नुका साथै विविध फाइदाहरू प्रदान गर्नेछ । यस योजना अन्तर्गत ग्राहकहरूले मात्र २० प्रतिशत डाउनपेमेन्टमा ओमोडा र जेइको दुवै ब्रान्डको गाडी खरिद वा एक्सचेन्ज गर्न सक्नेछन् ।
योजना अवधिभर गाडी खरिद वा एक्सचेन्ज गर्ने ग्राहकहरूले, ७ किलोवाट क्षमताको एसी चार्जर, १ वर्षको निस्शुल्क अटो प्लस इन्स्योरेन्स र मोटर तथा ब्याट्रीमा ८ वर्षको एक्सटेन्डेड वारेन्टी प्राप्त गर्दै निर्धक्क स्वामित्व अनुभवको लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।
साथै पुराना गाडी एक्सचेन्ज गर्दा आकर्षक एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ भने नयाँ ईभी खरिद गर्दा १ वर्ष सम्म शून्य ब्याजदरसहित ८० प्रतिशत सम्मको फाइनान्सिङ सुविधा पनि उपलब्ध हुनेछ । साथै, गाडी खरिद गर्दा ग्राहकहरूले सोझै नगद लाभ पनि प्राप्त गर्नेछन् ।































प्रतिक्रिया