नाडा अटो शो २०२५ को स्टल बाँडफाँड सम्पन्न

नाडा अटो शो २०२५ को स्टल बाँडफाँड सम्पन्न

केन्द्रबिन्दु
72
Shares

काठमाडौं । काठमाडौं । बहुप्रतिक्षित नाडा अटो शो २०२५ का लागि स्टल एलोकेसन कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी आउँदो भदौ ३ देखि ८ गते (अगस्ट १९–२४, २०२५) सम्म भृकुटी मण्डप, काठमाडौंमा आयोजना हुँदैछ । वि.सं. २०५५ मा सुरु भएको नाडा अटो शो आजसम्म आइपुग्दा नेपाली अटो उद्योगको प्रमूख प्रदर्शनी बनेको छ, जसले प्रविधि, नवप्रवद्र्धन एवं गतिशीलतामा महत्वपूर्ण योगदान दिँदै आएको छ ।

चार पाङ्ग्रे सवारीसाधनमा दीपल, अवतार, डोंगफेंग नामी, सेरेस, टाटा, सुजुकी, टेस्ला, एओन, एक्सपेंग, रिडारा, स्काई वेल, बीवाईडी, फोटाेन, बीएडब्ल्यू ब्रंबी, जेवाई एयर, ब्लावल, एलएस अटो, जिनपेंग सहभागी रहेका छन् ।

यसैगरी दुई पाङ्ग्रे सवारीसाधनमा हीरो, राेयल इन्फिल्ड, जाेन्सन, यामाहा रहेका छन् । हल्का व्यावसायिक सवारीसाधनमा भने न्यू गोनो, डीएफएसके, डोंगफेंग, कामा, फोटाेन, सोकोन, सीजी केवाईसी/किंगलङ, मन्त्र, स्काईवर्थ, कैनिउ, कावेई/नाभेको, सनलङ रहेका छन् ।

कम्पोनेन्टहरूमा एशियन, गल्फ, डकहम्स, एटीएस एल्गी/एलगी, माफरा, म्याक्सशाइन, वेवएक्स/कुरुमा, मासिमो नेपाल, मिशेलिन, लिक्वि मोली, एसटीसी राइड/एनर्जी, सीएट टायर, जेके/गुड टायर, स्पाइसर, वल्कन, आईटीआर/एटीएफ/यूएसबी/होबे, सीवाईजी, केपीआई और कोहिनूर, मानेटेक, इलेक्ट्रिक व्हीकल चार्जर, टाटा ग्रीन, टोटल एनर्जीज, स्टड्स/एसएमके, माइक्रोबिज, होराइजन एफसीटी, एमएके, पीएलओ ४० भन्दा बढी स्टल रहेका छन् ।

Logo