काठमाडौं । ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक, एसपिजि अटोमोबाइल्सले मनसुन लक्षित देशव्यापी ‘मनसुन चेक-अप क्याम्प’ योजना सार्वजनिक गरेको छ ।
यो विशेष सेवा(सर्भिसिङ) अभियान असार २५ देखि २७ गतेसम्म (तदनुसार ९ देखि ११ जुलाइसम्म) सञ्चालन हुनेछ, जसले देशभरका ग्राहकहरूलाई विभिन्न फाइदाहरू प्रदान गर्नेछ ।
चुनौतीपूर्ण अवस्थाहरूको लागि तयार पार्न र मनसुन सिजनमा गाडीहरूको उत्कृष्ट कार्यसम्पादन र सुरक्षा सुनिश्चित गर्न गाडी चेक-अप तथा मर्मत सेवाहरू प्रदान गर्ने उद्देश्यले ‘मनसुन चेक-अप क्याम्प’ ल्याइएको हो ।
यस चेक-अप क्याम्पमा सहभागी भई ग्राहकहरूले विभिन्न आकर्षक अफरहरूको लाभ लिन सक्नेछन् । सहभागीहरूले आफ्नो गाडीको सहजता र सुरक्षा कायम राख्नको लागि सर्भिसिङ जब र ब्रेक प्याड परिवर्तन गर्दा लेबर चार्जमा शतप्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । साथै, टप वासमा शतप्रतिशत छुटसहित गाडीलाई चकमदार राख्न सक्नेछन् ।
ग्राहकहरूले सस्पेन्सन पार्ट्समा आवश्यक पाटपूर्जा रिप्लेसमेन्ट तथा फेरबदल गर्दा लेबर चार्जमा ५० प्रतिशत छुट प्राप्त गर्नेछन् । यसबाहेक, गाडीमा सामान्य बडी सप जबहरूमा १० प्रतिशत छुट र स्पेयर पार्ट्समा १० प्रतिशत छुटको लाभ लिन सकिनेछ । यी लाभहरूले गर्दा ग्राहकहरूको लागि मनसुनमा आवश्यक गाडी सर्भिसिङ तथा मर्मतकार्य अझ किफायती बनेको छ ।
ग्राहकहरूलाई आफु नजिकै गुणस्तरीय र आधिकारिक सेवा प्राप्त गर्न सहज बनाउँदै, मनसुन चेक-अप क्याम्प, ओमोडा एन्ड जेइकोको देशव्यापी रहेका विभिन्न आधिकारिक सेवा केन्द्रहरूमा एकै साथ सञ्चालन हुनेछ । देशभर विभिन्न १२ वटा सेवा केन्द्रहरूमा चेक-अप क्याम्प आयोजना हुँदैछ । काठमाडौँ उपत्यकाभित्र सीतापाइला (एसपिजि अटोमोबाइल्स) र भक्तपुर (परिवार कार क्लिनिक) तथा उपत्यका बाहिर वीरगंज (दर्शी अटोमोबाइल्स), बुटवल (सिद्धि विनायक मोटर्स), नेपालगञ्ज (देवमंगल इन्जिनियरिङ), र चितवन (युनाइटेड अटो कन्सर्न), धनगढी (नवदुर्गा टेक्नोलोजि), पोखरा (एलिट मोटर्स), इटहरी (पाथीभरा अटो), विर्तामोड (ओपि इन्टरनेसनल), दाङ (एनएल मोटो कर्प), र सुर्खेत (बुटवल भेराइटि) मा मनसुन चेक-अप क्याम्प सञ्चालन हुँदैछ ।





























प्रतिक्रिया