ब्युररको आधिकारिक आगमन नेपालमा, अब जर्मन हेल्थ टेक नेपाली घर-घरमा

ब्युररको आधिकारिक आगमन नेपालमा, अब जर्मन हेल्थ टेक नेपाली घर-घरमा

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । जर्मनीको प्रतिष्ठित स्वास्थ्य तथा वेलनेस उपकरण निर्माता कम्पनी ब्युररले अब आधिकारिक रूपमा नेपालमा आफ्नो सेवा सुरू गरेको छ । अब नेपाली उपभोक्ताहरूले घरमै स्वास्थ्य जाँच गर्न सकिने विश्वसनीय र आधुनिक उपकरणहरू प्रयोग गर्न पाउनेछन्।

सन् १९१९ मा स्थापना भई जर्मनीको उल्म शहरमा मुख्यालय रहेको ब्युरर हाल १४० भन्दा बढी देशहरूमा फैलिएको छ र यसका १,६०० भन्दा बढी कर्मचारी कार्यरत छन्। व्यक्तिगत स्वास्थ्य, वेलनेस र मेडिकल प्रविधिको क्षेत्रमा ब्युररले विश्वभर आफूलाई एक अग्रणी ब्रान्डको रूपमा स्थापित गरिसकेको छ।

नेपालमा यसको आधिकारिक सुरुवात काठमाडौँको त्रिपुरेश्वरमा आयोजित एक विशेष कार्यक्रममा गरिएकाे हाे । कार्यक्रममा ब्युरर इन्डियाका कन्ट्री म्यानेजर रोहित सैनी र नेपालका लागि आधिकारिक वितरक नेपाल ओभरसिज मार्केटिङ कम्पनी का कार्यकारी निर्देशक राहुल अग्रवाल प्रमुख अतिथिका रूपमा सहभागी थिए।

उनले भने, ‘ब्युररले सधैं भरपर्दो र नवप्रवर्तनयुक्त प्रविधिबाट व्यक्तिको जीवनस्तर सुधारमा ध्यान दिँदै आएको छ। स्वास्थ्यप्रति जागरूकता बढ्दै गएको नेपाली बजारमा आफ्नो उपस्थिति जनाउन पाउँदा हामी निकै उत्साहित छौं।’

यस अवसरमा अग्रवालले भने, ‘गुणस्तर र भरोसाको प्रतीक बनेको विश्वस्तरीय ब्रान्ड ब्युररलाई नेपालमा ल्याउन पाउँदा हामी गौरवान्वित छौँ। घरमै स्वास्थ्य निगरानी गर्ने प्रवृत्ति तीव्र गतिमा बढिरहेको यो समयमा ब्युररका उपकरणहरू समय सान्दर्भिक र परिवर्तनकारी सावित हुनेछन्।’

सुरुवातमा ब्युररले नेपाली बजारमा आफ्नो उच्च गुणस्तरका निम्न स्वास्थ्य उपकरणहरू उपलब्ध गराउनेछ:

डिजिटल रक्तचाप नाप्ने मेसिन

नेबुलाइजर (श्वासप्रश्वास हेरचाहका लागि)

ग्लुकोमिटर (रगतमा चिनीको मात्रा मापन गर्ने यन्त्र)

डिजिटल थर्मोमिटर

यी सबै उपकरणहरू जर्मन इन्जिनियरिङ, प्रयोगमैत्री डिजाइन, र क्लिनिकल–ग्रेड सटीकतासहित निर्मित छन्, जसले घरेलु प्रयोगकर्तादेखि स्वास्थ्यकर्मीहरूसम्म सबैको आवश्यकता पूरा गर्छ। ब्युररले दिगोपन, नवीनता, गुणस्तर, र जन–प्रतिबद्धता मा आधारित आफ्नो ब्रान्ड मूल्यलाई नेपालको सन्दर्भमा पनि पूर्ण रूपमा लागू गर्ने जनाएको छ।

Skip This
Skip This
Logo