काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार उकालो लागेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक २७.१५ अंकले बढेर २७३३.०६ बिन्दुमा उक्लिएको छ ।
आज ३१२ कम्पनीको २ करोड ६४ लाख ७० हजार ८४० कित्ता सेयर ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार रुपैयाँको कारोबार भएको छ ।
यसदिन १६१ कम्पनीको मूल्य बढेको छ भने ८७ कम्पनीको मूल्य घटेको छ ।
यस उपसूचकमा हरियाली छाउँदा २ उपसूचक भने घटेको छ । आज बैंकिङ समूह सर्वाधिक बढेको छ ।





























प्रतिक्रिया