८ वर्षको सफलताको उपहार, याडिया ई८एस प्रोमा ऐतिहासिक छुट

८ वर्षको सफलताको उपहार, याडिया ई८एस प्रोमा ऐतिहासिक छुट

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । लगातार ८ वर्षसम्म विश्वको नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड बन्न सफल भएको उपलब्धिलाई स्मरणीय बनाउन याडिया नेपालले नेपाली ग्राहकहरूका लागि एक विशेष उपहारमूलक अफर ल्याएको छ।

सुविधा, स्टाइल र शक्ति सबैमा अग्रणी स्कुटर दावी गरिएको याडिया ई८एस प्रो को मूल्य अब १ लाख ८५ हजार रुपैयाँ मात्र तोकिएको छ । यो भन्दा पहिले सो स्कुटर २ लाख ३० हजार रुपैयाँमा बिक्री भइरहेको थियो । यस अनुसार अब ग्राहकले पहिले भन्दा ४५ हजार रुपैयाँ कम मूल्यमै सो स्कुटर पाउने छन् ।

याडियाको नेपालका लागि आधिकरिक वितरक कुजु नेपाल प्रालिले थप खुसी बाँड्दै प्रत्येक खरिदमा ग्राहकहरुलाई याडिया ब्रान्डको हेल्मेट, रेनकोट र पेन उपहार स्वरुप प्रदान गर्ने बताएको छ ।

कुजु नेपाल प्रालिका प्रतिनिधिले भने, ‘हामीले पाएको विश्वव्यापी सफलताको श्रेय हाम्रा विश्वासिलो ग्राहकहरुलाई जान्छ । यो अफर उहाँहरुप्रतिको हाम्रो कृतज्ञता हो ।’

स्मार्ट, शक्तिशाली र आकर्षक इलेक्ट्रिक स्कुटर मानिने याडिया ई८एस प्रोमा शक्ति, प्रविधि र आरामको उत्कृष्ट संयोजन पाइन्छ । यसको उच्चतम गति ६० किलोमिटर प्रतिघण्टा छ । यसमा ७२ भोल्ट, ३८ एएचको ग्राफिन ब्याट्री छ, जसले सिंगल चार्जमा १५० किलोमिटरको रेन्ज दिने बताइएको छ ।

३ हजार वाट सम्मको मोटर पावर रहेको सो स्कुटरमा १२ इन्चका आकर्षक अलोय रिम, हाइड्रोलिक सस्पेन्सन, ३२ लिटरको अन्डरसिट बुट स्पेस तथा ड्यासबोर्डमा चम्किलो डिजिटल डिस्प्ले र स्मार्ट इन्डिकेटर रहेका छन् ।

Logo