नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । ३४.४६ अंकले बढेर नेप्से २७ सय ६० दशमलव १७ विन्दुमा उक्लिएको हो ।

आज कुल २०९ कम्पनीको सेयर मूल्य बढेको छ भने ३९ कम्पनीको मूल्य घट्यो । कुल ७४ हजार ५७ पटकको सेयर किनबेचबाट ९ अर्ब ४१ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । बैंकिङ एक दशमलव ८१, विकास बैङ्क एक दशमलव २२, वित्त एक दशमलव ७९, होटल तथा पर्यटन शून्य दशमलव ९३, जलविद्युत् एक दशमलव ७१, लगानी एक दशमलव ०८ र जीवन बीमा शून्य दशमलव ६८ प्रतिशतले बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८८, लघुवित्त एक दशमलव २८, निर्जीवन बीमा शून्य दशमलव ७६, व्यापार शून्य दशमलव ८५ र अन्य समूह शून्य दशमलव ५२ प्रतिशतले बढेको छ ।

सुपर मादी हाईड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव ०८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने भगवती हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य चार दशमलव ६४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै बुटवल पावर कम्पनी लिमिटेडको रू ५२ करोड ३२ लाख ६३ हजार ६३ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने प्रभु सेलेक्ट फन्डको १२ लाख २१ हजार ६०० कित्ता शेयर खरिदबिक्री भएको छ ।

Skip This
Skip This
Logo