काठमाडाैं । झापाको अर्जुनधारा नगरपालिकास्थित सालवारीमा अल्फाविटा ग्रुपले ‘सालवारी हेरिटेज होम्स’ सञ्चालनमा ल्याएको छ ।
आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा आयोजित उद्घाटन समारोहले यो परियोजनालाई थप सार्थक बनाएको छ । उद्घाटन समारोह अल्फाविटा ग्रुपका अध्यक्ष द्विराज शर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।
समारोहमा प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्यको उपस्थिति रहेको थियो ।

यसैगरी, विशेष अतिथिहरूमा संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र अन्य विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो । यो समारोहले सालवारीको ऐतिहासिक महत्वलाई उजागर गर्नुका साथै झापा आन्दोलनको ५० वर्षको स्मृतिलाई पुनर्जन्म दिएको छ । झापा आन्दोलन, जसले नेपाली समाजमा क्रान्तिकारी परिवर्तनको आधार तयार पारेको थियो, त्यसको गौरवमय इतिहासलाई जीवन्त राख्न यो परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

सालवारी हेरिटेज होम्स झापा आन्दोलनको स्मृति र सहिदहरूको सम्मानमा स्थापित एक सांस्कृतिक र पर्यटकीय केन्द्र हो । यो परियोजना अल्फाविटा ग्रुपको विशेष पहलमा निर्माण गरिएको हो, जसले सालवारीको ऐतिहासिक र सांस्कृतिक महत्वलाई भावी पुस्तासम्म पु-याउने लक्ष्य राखेको छ । सालवारी हेरिटेज होम्समा स्मिङ पुलसहित १० कोठाको आधुनिक र सुविधायुक्त भवन, झापा आन्दोलनको इतिहास, सहिदहरूको योगदान र सालवारीको सांस्कृतिक महत्वलाई प्रदर्शन गर्ने संग्रहालय र प्रदर्शनी क्षेत्र पनि देख्न पाइने छ ।

अल्फाविटा ग्रुपले सालवारी हेरिटेज होम्सलाई केवल एक पर्यटकीय गन्तव्यको रूपमा मात्र नभई सामाजिक र आर्थिक विकासको केन्द्रको रूपमा विकास गर्ने दृष्टिकोण राखेको छ । यो परियोजनाले सालवारीलाई केवल एक पर्यटकीय गन्तव्यको रूपमा मात्र नभई, क्रान्तिकारी चेतना र सांस्कृतिक जागरणको केन्द्रको रूपमा पनि स्थापित गर्नेछ । ग्रुपले आगामी दिनमा कृषि, पर्यटन, ऊर्जा, शिक्षा र रोजगारमूलक तालिम दिनुका साथै स्वरोजगारका अवसरहरू पनि सिर्जना गर्ने लक्ष्य लिएको छ ।

याे झापा आन्दोलनको गौरवमय इतिहास, सहिदहरूको बलिदान र नेपाली क्रान्तिकारी चेतनाको प्रतीक पनि हो । अल्फाविटा ग्रुपको यो पहलले सालवारीलाई सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय केन्द्रको रूपमा स्थापित गर्नेछ । साथै, ग्रुपको कृषि, पर्यटन, ऊर्जा, शिक्षा, र युवा रोजगारमा केन्द्रित भावी योजनाहरूले झापा र समग्र नेपालको विकासमा महत्वपूर्ण योगदान पु-याउने अपेक्षा गरिएको छ ।































प्रतिक्रिया