बजाजको इलेक्ट्रिक स्कुटर चेतक नेपाली बजारमा, लन्च कहिले ?

बजाजको इलेक्ट्रिक स्कुटर चेतक नेपाली बजारमा, लन्च कहिले ?

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । बजाजको इलेक्ट्रिक स्कुटर चेतक नेपाली बजारमा प्रवेश गरेको छ ।

बजाजको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले चेतक भित्र्याएको हो । यद्यपी यसको औपचारिक लन्च भने भैसकेको छैन ।

चेतकका लागि कम्पनीले नक्सालमा नयाँ शोरुम तयार पारिरहेको छ । नेपाली बजारका लागि वहुप्रतिक्षित बनेको चेतकलाई कम्पनीले विगत केही समययता सडकमा परिक्षण गर्दै आएको थियो । अहिले भने शोरुममै राखेर केह िदिनमै औपचारिक लन्च हुने जानकारी दिएको हो ।

इलेक्ट्रिक बजाज चेतकमा ३.२ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ, जसले सिंगल चार्जमा १२७ किलोमिटरको रेन्ज दिने दाबी गरिएको छ । यसको टप स्पिड ७३ किलोमिटर प्रति घन्टा छ भने ब्याट्री ० देखि १०० प्रतिशत चार्ज हुन ४ः३० घण्टा समय लाग्नेछ ।

टिएफटी स्क्रिन राखिएको यस स्कुटरमा टर्न बाई टर्न नेभिगेसन, टायर प्रेसर मनिटरिङ सिस्टम, रिमोट लक÷अनलक, ब्लुटुथ कनेक्टिभिटी जस्ता फिचर पाउन सकिन्छ । साथै, यसको अन्डर सिट स्टोरेज क्षमता ३५ लिटर छ ।

Skip This
Skip This
Logo