आज नेप्से परिसूचकमा २२ अर्बको कारोबार

आज नेप्से परिसूचकमा २२ अर्बको कारोबार

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचकमा सामान्य अङ्कले बढेको छ ।

आइतबार ५१ अंक बढेर २९२२ विन्दुसम्म पुगे पनि टिकाउ हुन नसक्दा ०.३२ अंक बढेर २८७० मा सीमित भएको हो। आइतबार २१ अर्ब ४६ करोड रूपैयाँको सेयर किनबेच भएको छ, जुन रकम करिब एक वर्षयताको नयाँ रेकर्ड हो ।

बजारमा यस दिन पाँच कम्पनीको सेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ। उन्नती सहकार्य लघुवित्त, सान्भि हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक नै लागेको छ।

Logo