नाइमा अटो शाे २०२५ मा डेब्यू गर्दै अल-इलेक्ट्रिक ‘जेइको जे-५’ एसयुभी

नाइमा अटो शाे २०२५ मा डेब्यू गर्दै अल-इलेक्ट्रिक ‘जेइको जे-५’ एसयुभी

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । एसपिजि अटोमोबाइल्स प्रा.लि.ले नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा पूर्ण विद्युतीय प्रिमियम एसयुभी‘जेइको जे-५ सार्वजनिक गर्ने तयारी गरेको छ ।

कम्पनीले यसअघि नै सार्वजनिक गरिसकेको ओमोडा इ-५ र जेइको जे-६ इभि लाइनअपसँगै नयाँ जेइको जे-५ ले, बोल्ड स्टाइलिङ र अत्याधुनिक प्रविधिका विशेषताहरूसहित, नेपाली विद्युतीय सवारी साधनको बजारमा नयाँ अध्याय सुरू गर्ने लक्ष्य लिएको छ ।

एडभेन्चर्स यात्राका लागि बनाइएको जेइको जे-५ एसयुभी, आरामदायी विशेषताहरूसँगै अल-रोड-रेडि देखिने रगेड बनावट तथा डिजाइनको संयोजन हो । जे-५ को सार्प-एन्गुलर डिजाइन विशेषताहरू ‘रेन्ज रोभर’को डिजाइन विशेषताहरूसँग तुलनायोग्य रहेको छ । यसका साथै लेभल २ एडास (एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम), श्रेणीमा उत्कृष्ट इन्टिग्रेटेड प्यानोरोमिक सनरुफ, ५४०-डिग्री सराउन्ड भ्यु क्यामेरा, र इन्डिपेन्डेन्ट सस्पेन्सनजस्ता उच्च गुणस्तरका सुविधाहरू समावेश रहेका छन् । जसले यसलाई सहरी यात्रा तथा हल्का अफ-रोड यात्रा दुवैका लागि एकदमै उपयुक्त बनाउँछ ।

जे-५ को भित्री भाग फराकिलो र प्रविधि तथा सुविधाहरूले सुसज्जित रहेको छ । यसमा कनेक्टेड कार टेक्नोलोजिसहितको भेन्टिलेटेड सिट, पूर्ण डिजिटल स्मार्ट इन्सट्रुमन्ट क्लस्टर, १३२० मिलिमिटर चौडाइ भएको फराकिलो र आरामदायी सेकेन्ड-रो सिट, २५६-कलर एम्बिएन्ट लाइटिङ र ४८० लिटरको ट्रन्क स्पेस तथा ३६ इन्टेलिजेन्ट स्टोरेज कम्पार्टमेन्टहरू समावेश रहेका छन् ।

जेइको जे-फाइभको लम्बाई ४३८० मिलिमिटर, चौडाई १८६० मिलिमिटर र उचाई १६५० मिलिमिटरको छ भने यसमा १८-इन्चको अग्लो एलोय ह्विल्स रहेको छ । १५५ किलोवाटको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाटआवरको ब्याट्रि प्याकबाट सञ्चालित यो एसयुभिले एकै चार्जमा ४०२ किलोमिटरको डब्लुएलटिपि सर्टिफाइड रेन्ज प्रदान गर्दछ ।

जेइको जे-५ ले चालक-यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दछ । जेइको जे-५ मा लेभल २ एडासको विशेषताहरू समावेश रहेको छ जस अन्तर्गत ‘फरवार्ड कोलिजन वार्निङ (एफसिडब्लु), ब्लाइन्ड स्पट मनिटरिङ (बिएसएम), इन्टिग्रेटेड क्रुज कन्ट्रोल, इमर्जेन्सि ब्रेकिङ’, र १९ वटा थप इन्टेलिजेन्ट सुरक्षा विशेषताहरू रहेका छन् ।

नाइमा २०२५ मा ‘जेइको जे-५’ सार्वजनिक गर्दै जेइकोले नेपालको इभि बजारमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाउने लक्ष्य लिएको छ । पर्फमेन्स, प्रविधि, र लक्जरीको साथ आउटडोर एडभेन्चरको लागि सुहाउँदो रगेड डिजाइनसहित, जेइको जे-५ ले, नेपाली ग्राहकहरूका लागि एक उत्कृष्ट आधुनिक इलेक्ट्रिक एसयुभीको रूपमा आफ्नो परिचय स्थापित गर्नेछ ।

Logo