बीवाईडीद्वारा १ करोड ३० लाख न्यु इनर्जी भेइकल उत्पादन

बीवाईडीद्वारा १ करोड ३० लाख न्यु इनर्जी भेइकल उत्पादन

केन्द्रबिन्दु
6
Shares

काठमाडाैं । चिनियाँ विद्युतीय सवारी उत्पादक बीवाईडीले नयाँ उत्पादन माइलस्टोन हासिल गरेको छ । कम्पनीले हालसम्म कुल १३ मिलियन (एक करोड ३० लाख) न्यु इनर्जी भेइकल उत्पादन गरिसकेको छ। यस माइलस्टोनलाई लक्षित गर्ने १३ मिलियन युनिट बीवाईडीको प्रिमियम सब-ब्रान्ड याङवाङको यु७ सेडान रहेको छ, जुन कम्पनीको चीनस्थित प्लान्टबाट उत्पादन भएको हो।

बीवाईडीले आफ्नो पहिलो प्रमुख माइलस्टोन मे २०२१ मा एक मिलियन न्यु इनर्जी भेइकल उत्पादन गरेर हासिल गरेको थियो। त्यसपछि, डिसेम्बर २०२२ सम्ममा कम्पनीले त्यो संख्यालाई तीन गुणा बढाउँदै ३ मिलियन युनिट पुर्यायो। यसले निरन्तरता पाउँदै सेप्टेम्बर २०२३ मा बीवाईडीले ५ मिलियनको माइलस्टोन पार गर्‍यो, र त्यसको दुई महिनापछि नोभेम्बर २०२३ मा ६ मिलियन युनिटमा पुग्यो।

मार्च २०२४ मा, कम्पनीले चीनको जिनान प्लान्टबाट ७ मिलियन न्यु इनर्जी भेइकलहरू उत्पादन गरेको घोषणा गर्‍यो। नोभेम्बर २०२४ सम्ममा, कुल उत्पादन १० मिलियन पुगेको थियो, र अहिले यो नवीनतम आँकडा १३ मिलियन युनिटमा पुगेको हाे ।

नेपाली बजारमा साइमेक्स इंकले बीवाईडीको आधिकारिक वितरकको रुपमा कार्य गरिरहेको छ । नेपाली बजारमा बीवाईडीका डल्फिन, एट्टो ३, सिल र एम मोडल बिक्रीका लागि उपलब्ध छन् ।

Skip This
Skip This
Logo