काठमाडौं । यही श्रावण २१ गतेदेखि २५ गतेसम्म भृकुटी मण्डपमा आयोजना हुन लागेको नाइमा मोबिलिटी शो मा म्याक्सस मिफा७ एमपीभी विद्युतीय कार लन्च हुने भएको छ।
चाइनाको प्रख्यात एसएआईसी मोटर ग्रुप अन्तर्गतको म्याक्सस ब्रान्डको यो गाडी अत्यन्त सुविधायुक्त प्रिमियम गाडीमा गनिन्छ। केही समयअघि यही म्याक्सस ब्रान्डकै ई टेरन ९ विद्युतीय लक्जरी ४डब्लुडी पिकअप समेत नेपालको मनाङ जिल्लामा लगेर लन्च गरिएको थियो।
सात सिट क्षमताको यो लक्जरी एमपीभीलाई म्याक्ससको नेपालका लागि आधिकारिक वितरक हिमालय मोट्रक्सले भित्र्याउन लागेको हो। हिमालयन मोट्रक्स हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हो जुन अर्गनाइजेसन विगत ३० वर्षदेखि नै नेपालमा विभिन्न ब्राण्डका सवारी साधनहरू आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ।
यस अर्गनाइजेसनका प्रबन्ध निर्देशक सौरव थापाका अनुसार यो मिफा७ नेपालमा प्रिमियम कार चढ्नेहरूको लागि अत्यन्त उपयुक्त हुने बताएका छन्।
९० किलोवाट आवर ब्याट्री क्षमता रहेको म्याक्सस मिफा७ ले डीसी फास्ट चार्जर सर्पोट गर्नेछ। ३० मिनेटमा नै ३० देखि ८० प्रतिशतसम्म चार्ज हुने भनिएको यस मल्टी–प्रपोज भेहिकलमा इलेक्ट्रिक स्लाइडिङ ढोका, एईबी, ब्लाइन्ड स्पट मोनिटरिङ, ३६० डिग्री क्यामेरा, लेन–कीप असिस्ट, स्वचालित इमर्जेन्सी ब्रेकिङ, अडप्टिभ क्रुज कन्ट्रोल जस्ता सुरक्षा फिचर्सका साथै यो गाडीले यूरो एनसीएपी, सी-एनसीएपी, ए-एनसीएपीमा ५ स्टार रेटिङ पाएको छ।
यस गाडीको ९० केडब्लुएचको उच्च क्षमताको ब्याट्रीले ६३५ किमी सम्मको उच्चतम दूरी तय गर्ने क्षमता राख्दछ। प्रिमियम डुयल १२.३ इन्च डिजिटल डिस्प्लेका साथै अड्वान्स्ड मल्टिमिडिया सिस्टम, ठूलो साइजको प्यानोरामिक सनरूफ,हाई-परफर्मेन्स १८०केडब्लु इलेक्ट्रिक मोटर (३५० एनएम टर्क), मसाज सिट समेत यस गाडीको विशेषता रहेको छ।
८ वर्ष वा दुई लाख किमी ब्याट्रीमा तथा ५ वर्ष वा १ लाख किमी मोटर वारेन्टी भएको यो म्याक्सस मिफा७ इलेक्ट्रिक एमपीभीले लक्जरी र आरामको नयाँ मानक स्थापित गर्दै विश्वस्तरीय डिजाइन, हाइ-टेक फिचरहरूका साथ असाधारण सुविधाहरूको संयोजन गरेर परिवार र व्यवसायिक यात्राको लागि अद्वितीय अनुभव प्रदान गर्ने दाबी कम्पनीको रहेको छ। थापाका अनुसार यो एक सवारी साधन मात्र होइन, प्रिमियम लाइफस्टाइल स्टेटमेन्ट पनि हो।





























प्रतिक्रिया