नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको विशेष अफर

केन्द्रबिन्दु
9
Shares

काठमाडाैं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को लागि नेपालमा टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले विशेष अफर ल्याएको छ।

अगस्ट ६ देखि १० तारिख सम्म भृकुटीमण्डपमा आयोजना हुने उक्त एस्क्पोमा युनाइटेड ट्रेडर्स सिन्डीकेटले ‘टोयोटा मेगा अफर’ ल्याउँदैछ |

एक्स्पोमा टोयोटाको तीन मोडल यारिस क्रस हाइब्रिड इलेक्ट्रिक, ल्याण्ड क्रूजर २५० प्रदर्शनमा राखिनेछन् | उक्त एक्स्पोमा टोयोटाको कुनै पनि बुकिङ गर्ने प्रत्येक ग्राहकले ‘मेगा डिस्काउन्ट’, ‘प्ल्याटिनम कार्ड’ साथै एक्स्पोमा बुकिंग गरिएका सवारी साधनको लागि जीवनभर पिकअप तथा ड्रप सुविधा पाउनेछन् |

स्टलमा आउने हरेक आगन्तुकले आकर्षक टोयोटा गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् | यो अफर नेपाल मोबिलिटी एक्स्पो २०२५ मा बुकिङ गर्ने ग्राहकहरुको लागि मात्रै उपलब्ध हुनेछ |

Logo