काठमाडौं । सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि मार्भल टेक्नोप्लास्ट प्रा.लि.लाई एक्सिलेन्स पार्टनरको रूपमा घोषणा गरेको छ।
मार्भल टेक्नोप्लास्ट प्रा.लि. का उपाध्यक्ष पवनकुमार सान्चेतीले भने, ‘हामी नेपाल प्रिमियर लिगको सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्न पाउँदा उत्साहित छौँ। क्रिकेटले नेपालभर लाखौँ मानिसलाई जोड्ने र प्रेरित गर्ने काम गर्छ।’
यस्तै, सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले भने, ‘पवन सरले विगतदेखि नै क्रिकेटलाई निरन्तर साथ दिँदै आउनुभएको छ। मार्भल जस्तो प्रतिष्ठित ब्रान्डसँग सहकार्य गर्न पाउनु हाम्रो लागि सम्मानको विषय हो। उहाँको यो सहभागिताले एनपीएललाई अझ उचाइमा पुर्याउनेछ, र थप व्यावसायिक संस्थाहरूलाई खेल क्षेत्रमा लगानी गर्न प्रेरणा दिनेछ।’































प्रतिक्रिया