एनएमबि बैंकद्वारा माथिल्लो सारी खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकद्वारा माथिल्लो सारी खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

केन्द्रबिन्दु
6
Shares

काठमाडाैं । एनएमबि बैंक तथा मन्दाकिनी हाइड्रोपावरबीच २.९ मेगावाट क्षमताको कास्कीकाे माछापुच्छ्रे गाउँपालिकामा अवस्थित माथिल्लो सारी खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ ।

यस आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी रहेको छ ।

२.९ मेगावाट क्षमता रहेको माथिल्लो सारी खोला जलविद्युत आयोजनाको करिब लागत रु. ६६ करोड ९६ लाख १२ हजार रहने जानकारी गराइएको छ भने बैंकको ऋण लगानी रु. ४६ करोड ३३ लाख ३३ हजार रहनेछ ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले प्रस्तावित आयोजना निर्धारित लागत तथा समयमै सम्पन्न गर्न मन्दाकिनी हाइड्रोपावरलाई आग्रह गरे । साथै, माथिल्लो सारी खोला जलविद्युत आयोजना निर्धारित लागत तथा समयसीमामा नै सम्पन्न गर्ने विचार व्यक्त गरे । यसका लागि स्थानीय सरकारसँग सहकार्य गरेर आयोजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यसैगरी, मन्दाकिनी हाइड्रोपावरद्वारा कास्कीमा माछापुच्छ्रे गाउँपालिकामा प्रवर्तित ४ मेगावाट क्षमता रहेको सारी खोला जलविद्युत आयोजनाले वि.स. २०७४ साल मंसिर २३ गतेदेखि व्यवसायिक उत्पादन सुचारु भइरहेको र उक्त आयोजनामा समेत एनएमबि बैंकको अगुवाईमा सहवित्तीयकरण अन्तर्गत ऋण लगानी भइरहेको जानकारी दिए ।

Skip This
Skip This
Logo