लिपमोटर बी१० को बहुप्रतीक्षित स्निक प्रिभ्यू कार्यक्रम सम्पन्न, नाइमा एक्स्पोमा लन्च हुने

लिपमोटर बी१० को बहुप्रतीक्षित स्निक प्रिभ्यू कार्यक्रम सम्पन्न, नाइमा एक्स्पोमा लन्च हुने

केन्द्रबिन्दु
21
Shares

काठमाडाैं । नेपालमा इलेक्ट्रिक सवारीसाधनको क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यले लिपमोटर गाडीको एकमात्र आधिकारिक आयातकर्ता साङ्ग्रिला मोटर्स प्रा.लि.ले उत्तरढोकास्थित आफ्नै शोरूममा लिपमोटर बी१० को बहुप्रतीक्षित स्निक प्रिभ्यू कार्यक्रम सम्पन्न गरेको छ ।

आफ्नो स्मार्ट डिजाइन, नवीन प्रविधि र उत्कृष्ट प्रदर्शनका कारण विश्व बजारमा चर्चा कमाइसकेको लिपमोटर बी१० ले नेपाली अटोमोबाइल बजारमा नयाँ हलचल नै ल्याउने विश्वास गरिएको छ । यो स्निक प्रिभ्यूले नेपाली उपभोक्ताहरूलाई इलेक्ट्रिक गाडीको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।

लिपमोटर बी१० को मूल्य रु.६० लाखभन्दा कम हुने अनुमान गरिएको छ । लिपमोटर बी१० को औपचारिक लन्च र मूल्य घोषणा नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) नेपाल मोबिलिटी एक्स्पो २०२५ मा हुने तय भएको छ । नाइमा एक्स्पो २०२५ यहि श्रावण २१ देखि २५ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुँदैछ । यो एक्स्पो नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो मेला हो ।

स्निक प्रिभ्यू कार्यक्रममा साङ्ग्रिला मोटर्स प्रा.लि.का प्रबन्ध निर्देशक हेमन्त गोल्छाले लिपमोटर बी१० को महत्व र यसले नेपाली बजारमा ल्याउने परिवर्तनबारे उत्साहपूर्ण विचार व्यक्त गरे । उनले भने, ‘लिपमोटर बी१० केवल गाडी होइन, यो एक नयाँ युगको सुरुवात हो । यो गाडीले डिजाइन, प्रविधि र प्रदर्शनको हरेक हिसाबले परिपूर्ण अनुभव प्रदान गर्छ । हामी नाइमा एक्स्पोमा यसलाई औपचारिक रूपमा लन्च गर्न उत्साहित छौं र यो गाडीले नेपाली उपभोक्ताहरूको इलेक्ट्रिक सवारीप्रतिको धारणा परिवर्तन गर्नेछ भन्नेमा हामी विश्वस्त छौं ।’

गोल्छा अर्गनाइजेसनअन्तर्गतको साङ्ग्रिला मोटर्सले सधैं नवीन र वातावरणमैत्री मोबिलिटी समाधानहरू ल्याउने प्रतिबद्धता राख्दै आएको छ । लिपमोटर बी१० को आगमनसँगै कम्पनीको यो मिशनलाई थप बलियो बनाएको छ । कम्पनीले पुजो, सिट्रन र लिपमोटर जस्ता विश्व प्रसिद्ध ब्रान्डहरूको आयात र वितरण गर्दै नेपालमा स्मार्ट, दिगो र किफायती सवारीसाधनहरूको पहुँच विस्तार गरिरहेको छ ।

लिपमोटर बी१० मा ६७.१ केडब्लुएचको लिथियम–आयरन–फस्फेट ब्याट्री जडान गरिएको छ, जसले डब्लुएलटिपी मापदण्ड अनुसार ४६० किलोमिटर सम्मको रेन्ज प्रदान गर्छ । यो रेन्जले नेपाली सडकहरूमा लामो दूरीको यात्रालाई सहज र विश्वसनीय बनाउने छ । यसका साथै यसमा १६० केडब्लुको इलेक्ट्रिक मोटर पनि रहेको छ, जसले गाडीलाई तीव्र गति र सन्तुलित प्रदर्शन प्रदान गर्छ ।

लिपमोटर बी१० ले युरोपेली एनसिएपीको ५–स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ । यो गाडीमा उन्नत ड्राइभर असिस्टेन्स सिस्टम, मल्टिपल एयरब्यागहरू र मजबुत च्यासिस डिजाइन पनि समावेश छ ।

साथै यस गाडीमा १२.८–इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस चार्जिङ, स्मार्ट कनेक्टिभिटी र भ्वाइस असिस्टेन्ट जस्ता अत्याधुनिक सुविधाहरू समावेश छन् । साथै, यसको प्यानोरामिक सनरूफ र एलइडी लाइटिङले गाडीलाई प्रिमियम लुक प्रदान गरेको छ ।

नेपालमा विशेषगरी वातावरणीय चेतना र इन्धनको बढ्दो मूल्यका कारण पछिल्ला केही वर्षयता इलेक्ट्रिक सवारीसाधनको माग तीव्र रूपमा बढिरहेको छ । यस्तोमा लिपमोटर बी१० को आगमनले नेपाली उपभोक्ताहरूलाई किफायती मूल्यमा प्रिमियम इलेक्ट्रिक गाडीको विकल्प प्रदान गर्नेछ ।

लिपमोटर बी१० को ४६० किमीको रेन्जले लामो दूरीको यात्रालाई सहज बनाउनुका साथै नेपालको भौगोलिक अवस्थालाई पनि सुहाउदो रहेको छ । यसका साथै स्मार्ट कनेक्टिभिटी, एडिएए र प्रिमियम इन्टेरियरले यो गाडीलाई युवा पुस्ता र प्रविधिप्रेमी उपभोक्ताहरूका लागि आकर्षक बनाउँछ । शून्य उत्सर्जन र ऊर्जा–कुशल प्रविधिले यो गाडीलाई वातावरण संरक्षणको हिसाबले उत्कृष्ट बनाउँछ ।

Logo