काठमाडौं । लोकप्रिय इलेक्ट्रिक एसयूभी दिपल एस०७ को नयाँ भेरिएन्ट आईसीए आगामी साता नेपालमा सार्वजनिक हुने भएकाे छ ।
नेपालका लागि दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले नयाँ भेरिएन्ट नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ ताका सार्वजनिक गर्ने तयारी गरेकाे हाे । १० भन्दा बढी इन्डस्ट्री फस्ट फिचरहरु र बेजोड डिजाइनमार्फत आफ्नो सेग्मेन्टलाई नेतृत्व दिइरहेको दिपल एस०७ ले अब नयाँ मापदण्डको इन्टेलिजेन्ट कनेक्टिभिटीको अनुभव दिलाउने बताइएको छ ।
नेपालमा सार्वजनिक भएको १८ महिनामा दिपलले आफूलाई नेपालकै सबैभन्दा रुचाइएको ईभी ब्रान्डका रुपमा स्थापित गर्न सफल भएको छ ।































प्रतिक्रिया