काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले चीनको प्रख्यात व्यावसायिक विद्युतीय सवारी ब्रान्ड ‘क्यारी’ लाई नेपाली बजारमा भित्र्याउने भएको छ।
‘नाइमा मोबिलिटी एक्सपो २०२५’मा ‘क्यारी’ ब्रान्डका दुई नयाँ विद्युतीय भ्यानहरू सार्वजनिक गरिने भएका हुन् ।
हुन्डाई र बीएमडब्ल्यू जस्ता विश्वस्तरीय अटोमोबाइल ब्रान्ड तथा कमर्सियल भेइकलमा एसएमएल इसुजुको समेत आधिकारिक वितरक रहेको लक्ष्मी ग्रुपले आफ्नो विद्युतीय यात्रालाई अगाडि बढाउँदै पूर्णतः विद्युतीय व्यावसायिक सवारीको क्षेत्रमा नयाँ आयाम थप्न लागेको हो।
‘क्यारी’ ब्रान्ड विश्वकै अग्रणी अटोमोबाइल निर्माता चेरी कमर्सियल भेहिकल्स अन्तर्गत पर्दछ, जुन आफ्नो विश्वसनीयता, सुरक्षा, र उत्कृष्ट प्रदर्शनका लागि विश्वभर परिचित छ।
क्यारी ब्रान्ड अन्तर्गत केभान १ र केभान २ भेरिएन्टका इलेक्ट्रिक भ्यानहरू लन्च गरिनेछन्। व्यावसायिक प्रयोजनका लागि आधुनिक खैरो रङमा ‘कमर्सियल भेरियन्ट’ र स्कुल/कलेज प्रयोजनका लागि सुरक्षात्मक पहेँलो रङमा ‘स्कुल भेरियन्ट’ उपलब्ध हुनेछन्।
यी भ्यानहरूमा ५३ किलोवाट आवर क्षमताको सीएटीएल ब्याट्री जडान गरिएको छ, जसले एक पटकको फुल चार्जमा ३०० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। गाडीको औपचारिक लन्च र विस्तृत जानकारी नाइमा मोबिलिटी एक्सपो २०२५ मा दिइने कम्पनीले जनाएको छ।





























प्रतिक्रिया