साइगीकाे नयाँ विद्युतीय स्कुटर ‘राइडर’ लन्च हुँदै, शून्य प्रतिशत डाउनपेमेन्टकाे सुविधा

साइगीकाे नयाँ विद्युतीय स्कुटर ‘राइडर’ लन्च हुँदै, शून्य प्रतिशत डाउनपेमेन्टकाे सुविधा

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपाली अटाे बजारमा साइगीकाे नेपालका लागि आधिकारिक वितरक साइगी नेपाल प्रालीले नयाँ विद्युतीय स्कुटर ‘राइडर’ लन्च गर्ने भएकाे छ ।

दशैंलाई लक्षित गरी लन्च गर्न लागिएकाे यस स्कुटर मा ७२ भोल्ट ४८ एम्पियर आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ भने मोटर पावर ३ हजार वाट रहेको छ । सिंगल चार्जमा १४० किलोमिटर रेन्ज दिने दाबी गरिएको यस स्कुटरमा कम्पनीले रिमुभेवल ब्याट्रीको अप्सन पनि उपलब्ध छ ।

७५ किलोमिटरको उच्चतम गतिमा हाँक्न सकिने राइडरकाे केहि दिनमै आकर्षक स्किमसहित बुकिङ खुला गरिने बताइएको छ । यस स्कुटर खरिद गर्ने ग्राहकलाई २ वर्षको किस्तावन्दी योजनमा शून्य प्रतिशत ब्याजदरसहित शून्य प्रतिशत डाउनपेमेन्ट, ५ वटा सर्भिसिङ निशूल्क, रोड एसिस्ट सर्भिस, १ वर्षको कर र इन्सुरेन्स निशूल्क तथा एउटा आकर्ष हेलमेट जस्ता सुविधा दिने योजना बनाएको छ ।

Logo