किफायती र स्टाइलिश ईभीको नयाँ विकल्प, काइयी

किफायती र स्टाइलिश ईभीको नयाँ विकल्प, काइयी

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । काइयी एक चिनियाँ अटोमोबाइल ब्रान्ड हो, जुन चेरी अटोमोबाइलको एक उप–ब्रान्डको रूपमा २०१४ मा स्थापना भएको हो ।

काइयी किफायती र स्टाइलिश गाडीहरू उत्पादन गर्न केन्द्रित छ, जसमा सेडान, एसयूभी र इलेक्ट्रिक मोडलहरू पर्छन् । नेपालमा काइयीले सन् २०२४ को मध्यमा (लगभग जुलाई २०२४) काइयी एक्स३ प्रो ईभीको बुकिङ खोलेर एक्स ३ प्रो ईभची काइयी ई –क्युट ०२ र इ–(क्युट ०४ ईभिएस को आधिकारिक लन्च गरेर बिक्री सुरु गरेको हो ।

नेपालमा काइयीका गाडीहरूको मूल्य-

काइयी एक्स३ प्रो ईभीको ९९ किलोवाट मोटर भेरियन्टको मूल्य ४३, लाख ९६ हजार पर्छ । डिलक्स भेरियन्टको मूल्य ४६ लाख, ९६ हजार र फ्ल्यागशिप भेरियन्टको मूल्य ४८ हजार ९६ हजार पर्न जान्छ । काइयी ई क्युट ०२ईभीको २०० किलोमिटर रेन्ज भेरियन्टको मूल्य २० लाख ९६ हजार र ३०० किलोमिटर रेन्ज भेरियन्टको मूल्य २२ लाख ९६ हजार, रहेको छ भने काइयी ई–क्युट ०४ ईभीको मूल्य २४ लाख ९६ हजार रहेको छ ।

काइयीका गाडीहरूलाई किफायती मूल्यमा राम्रो फिचर र आधुनिक प्रविधि दिने उद्देश्यले डिजाइन गरिएको छ । काइयी एक्स३ प्रो ईभीमा मा ५३.६ पध्ज लिथियम आइरन फस्फेट ब्याट्री रहेको छ । जसले ३७० किलोमिटर (एनईडीसी)को रेन्ज दिन्छ । यसमा ९९ किलोवाट (१३४ एचपी) वा १२० किवी (१६३ एचपी) इलेक्ट्रिक मोटर उपलब्ध छ । यसको चार्जिंगमा डीसी फास्ट चार्जिंग विकल्प उपलब्ध छ । जसले ३० प्रतिशत देखि ८० प्रतिशत सम्मको चार्ज ३० मिनेटमा हुन्छ ।

के छ विशेषता ?

१०.२५ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन डिस्प्ले, ७ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट प्यानल, वायरलेस चार्जिङ, इलेक्ट्रिक सनरुफ, डुअल–जोन एसी, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङग सिस्टम (टिपिएमएस), हिल होल्ड असिस्ट जस्ता सुविधाहरू छन् ।

काइयी ई – क्युट ०२ र ई– क्युट ०४ मा ४० किलोवाट (५४एचपी) को पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर र ११० एनएम टर्क उपलब्ध छ । यी गाडीहरूमा २०० किमी र ३०० किमी दूरीका विकल्पहरू छन् । यसमा फास्ट चार्जिङगको विकल्प पनि उपलब्ध छ । यी गाडीहरूको आयाम शहरी सडकका लागि उपयुक्त र कम्प्याक्ट छन्। काइयी ई–क्युट ०४ मा २३७ लिटर बुट स्पेस र १६५ मिमी ग्राउन्ड क्लियरेन्स छ ।

काइयीको नेपालमा बिक्री लक्ष्मी ई–मोबिलिटी प्रा. लि. द्वारा गरिन्छ । जुन काइयीको नेपालका लागि आधिकारिक वितरक हो । यस कम्पनीले मुख्य सहरहरु काठमाडौं, धनगढी, नेपालगञ्ज, दाङ, भैरहवा, भरतपुर, हेटौंडा, दमक र बिर्तामोड गरि ९ वटा शोरुमहरू विभिन्न शहरहरूको शोरुमबाट बिक्री गरिरहेको छ ।

अहिलेसम्म काइयीको नेपालमा कुल बिक्रीको तथ्याङ्क सार्वजनिक गरिएको छैन । सन् २०२४ डिसेम्बरमा भने काइयी ई क्युट ०४ का ३० वटा युनिटहरू एकै दिनमा डेलिभरी गरिएको थियाे, जसले नेपालमा इलेक्ट्रिक गाडीहरूको बढ्दो मागलाई स्पष्ट देखाउँछ । काइयीले नेपालमा आफ्नो बजार विस्तार गर्दैछ र यसको बिक्री बढ्ने अपेक्षा गरिएको छ ।

ग्राहकको रोजाईमा पर्नुका कारण

काइयी ईभी नेपाली बजारमा एक यस्तो नाम बनेको छ, जसले किफायती मूल्यमै आधुनिक प्रविधि र आकर्षक डिजाइनको ईभी गाडी उपलब्ध गराएको छ । विशेष गरी काइयी ई–क्युट ०२ जस्ता मोडेलहरूले पहिलोपटक गाडी किन्नेहरूदेखि शहरी यात्राका लागि सहज र भरपर्दाे गाडी खोज्नेहरूलाई केन्द्रमा राखेर विकास गरिएको देखिन्छ ।

हालै यसको मूल्यमा गरिएको कटौतीले झनै यो गाडीलाई आम उपभोक्ताका लागि पहुँचयोग्य बनाएको छ । कम मूल्यमा पनि उच्च स्तरका सुविधा पाइने भएकाले धेरै ग्राहकहरू यसको विकल्पप्रति लोभिएको देखिन्छ ।
शहरका साँघुरा गल्ली, व्यस्त ट्राफिक र पार्किङको अभावजस्ता समस्याहरूलाई ध्यानमा राख्दै तयार पारिएको यसको डिजाइन अत्यन्त व्यावहारिक छ ।

काइयीका साना मोडेलहरू, विशेष गरी ई–क्युट ०२, चालन गर्न सजिलो, पार्क गर्न छरितो, र छोटो दूरीका यात्राका लागि अत्यन्त उपयुक्त छन् । यसको सानो आकारले गर्दा कोलाहलपूर्ण शहरी सञ्जालमा पनि सहजताका साथ चलाउन सकिन्छ ।

साथै, ३६० डिग्री क्यामेराको समावेशले पार्किङ र व्यस्त सडकमा गाडी चलाउन सजिलो बनाएको छ । सुरक्षा पक्षमा पनि डुअल एयरब्याग, हिल असिस्ट, आईओसओ फिक्स चाइल्ड सिट एंकर, पछाडिको पार्किङ सेन्सर, साइड ब्लाइन्ड स्पट क्यामेरा र एभीएएस प्रणालीले यात्रु र चालकको सुरक्षा सुनिश्चित गर्छ । चारवटा फरक ड्राइभिङ मोडहरू—इको प्लस, इको, नर्मल र स्पोट्र्स—को सुविधा पनि समावेश गरिएको छ, जसले विभिन्न अवस्थाहरूमा गाडीलाई अनुकूल बनाउन सहयोग गर्छ । त्यसैले त काइयी ग्राहकको रोजाईमा पर्दै आएको छ ।

Logo