नेपाली बजारमा विश्वासको ब्राण्ड बन्दै महिन्द्रा

नेपाली बजारमा विश्वासको ब्राण्ड बन्दै महिन्द्रा

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । महिन्द्रा नेपाली अटोमोबाइल क्षेत्रको चिरपरिचित ब्राण्ड हो। भारतीय अटोमोबाइल महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडका गाडीहरूले नेपालमा राम्रो व्यावसायिक पहुँच बनाएको छ। नेपाली भू–बनोट सुहाउँदो विशेषता र विविधताले गर्दा महिन्द्राले आफ्नो छुट्टै पहिचान बनाएको छ ।

महिन्द्राले सन् १९९१ मा नै अग्नि इन्कर्पोरेटेड प्रालिसँगको सहकार्यमा नेपालमा आफ्नो व्यवसाय सुरु गरेको थियो। सुरुमा युटिलिटी भेहिकल र ट्रयाक्टरबाट प्रवेश गरेको महिन्द्राले आजसम्म पनि नेपाली बजारमा आफ्नो पकड कायम राखेको छ। अग्नि ग्रुप महिन्द्राका लागि नेपालको आधिकारिक वितरक हो। जसले देशभर ८० भन्दा बढी डिलर र शाखा सञ्जालमार्फत महिन्द्राका गाडी र सेवाहरू उपलब्ध गराउँछ।

कम्पनीले नेपाली बजारमा करिब तीन दशक अघिदेखि कार, पिकअप र एसयूभीका विभिन्न मोडेलहरु बिक्री वितरण गर्दै आएको छ । महिन्द्राको नेपालको लागि आधिकारीक वितरक अग्नि इन्कर्पोरेट प्रालिका अनुसार हाल बजारमा सिंगल क्याब र डबल क्याब पिकअप तथा एसयूभी टाइपका सवारी साधनहरु उपलब्ध छन् । महिन्द्राले नेपालमा एसयूभी, पिकअप, इलेक्ट्रिक भेहिकल र ट्रयाक्टर गरी विभिन्न सेगमेन्टका गाडीहरू बिक्री गरिरहेको छ।

महिन्द्राले प्रायजसो पेट्रोल र डिजेल इन्जिनबाट चल्ने गाडीहरू बिक्री गरिरहेको छ । महिन्द्रा बोलेरोअन्तर्गत बोलेरो नियो, बोलेरो क्याम्पर डीसी जस्ता मोडहरू रहेका छन् । स्कर्पियो अन्तर्गत स्कर्पियो क्लासिक र स्कर्पियो–एन मोडल छन् ।

महिन्द्रा एक्सयूभी सिरिजअन्तर्गत एक्सयूभी ३००, एक्सयूभी ३एक्सओ, एक्सयूभी ७०० जस्ता मोडलहरू बिक्री गरिरहेको छ । महिन्द्राले बोलेरो र स्कर्पियोमा आधारित पिकअप मोडलहरू पनि बिक्री गर्छ, जुन विशेषगरी सामान ढुवानी र ग्रामीण क्षेत्रका लागि लोकप्रिय छन्। जसमा महिन्द्रा स्कर्पियो पिकअप र महिन्द्रा बोलेरो क्याम्पर रहेका छन् ।

ईभीमा प्रवेश

ग्राहकमैत्री महिन्द्राले पछिल्लो समयको बढ्दो विद्युतीय सवारी साधनहरूको क्रेजलाई मध्यनजर गर्दै यस्ता सवारी पनि नेपाली बजारमा भित्र्याएको छ। वातावरणमैत्री र कम सञ्चालन खर्च चाहने ग्राहकहरूका लागि महिन्द्राले विद्युतीय सवारी साधनहरू उपलब्ध गराउन थालेको हो।

१. महिन्द्रा एक्सयूभी ४००

यो महिन्द्राको पहिलो पूर्ण विद्युतीय एसयूभी हो । जसले शून्य उत्सर्जन, कम सञ्चालन लागत र राम्रो रेन्ज प्रदान गर्छ। यसमा परमानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर प्रयोग गरिएको छ। यो मोटर उच्च दक्षताका लागि चिनिन्छ, जसले गर्दा ब्याट्रीबाट कम ऊर्जा खपत गरेर पनि राम्रो प्रदर्शन दिन सक्छ। यसमा उच्च ऊर्जा घनत्व लिथियम–आयन ब्याट्री प्याक प्रयोग गरिएको छ। यो ब्याट्री कम ठाउँमा धेरै ऊर्जा भण्डारण गर्न सक्षम हुन्छ। ब्याट्रीको क्षमता ३९.५ किलोवाट आवर छ। यसको मोटरले ११० किलोवाट शक्ति उत्पादन गर्छ। ३१० न्यूटन–मिटरको अधिकतम टर्क उत्पादन गर्छ। यो उच्च टर्कले गाडीलाई तत्काल प्रतिक्रिया दिन र उकालोहरूमा सहजै शक्ति प्रदान गर्न मद्दत गर्छ।

महिन्द्रा एक्सयूभी ४०० इलेक्ट्रिकले ८.३ सेकेन्डमा शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ। ब्याट्रीमा लिक्विड कुल्ड र हीटेड थर्मल म्यानेजमेन्ट प्रणाली छ। यसले ब्याट्रीको तापक्रमलाई स्थिर राख्न मद्दत गर्छ, चाहे अत्यधिक गर्मी होस् या चिसो। उचित तापक्रमले ब्याट्रीको आयु बढाउँछ र यसको प्रदर्शनलाई अनुकूल बनाउँछ। यसमा इलेक्ट्रिक पावर स्टेयरिङ सुविधा छ। यसमा सीसीएस२ (कम्बाइन्ड चर्जिङ सिस्टम २) कनेक्टर पोर्ट छ, जुन युरोप र अन्य धेरै देशहरूमा प्रयोग हुने मानक फास्ट चार्जिङ पोर्ट हो। यसमा घरमै चार्ज गर्न सकिने विकल्पहरू पनि छ। ३.३ किलोवाट एसी वालबक्स, ७.२ किलोवाट एसी वालबक्स र डीसी फास्ट चार्जर पनि रहेका छन्।

यी विशेषताहरूले महिन्द्रा एक्सयूभी४०० इलेक्ट्रिकलाई सहरी वातावरणका लागि उपयुक्त, शक्तिशाली र सुविधासम्पन्न विद्युतीय एसयूभीको रूपमा प्रस्तुत गर्दछ। यसको मूल्य ५२ लाख ५० हजार रुपैयाँ रहेको छ।

२. महिन्द्रा ट्रियो

यो महिन्द्राको लिथियम–आयन ब्याट्रीबाट चल्ने विद्युतीय थ्री–व्हीलर (अटो) हो, जसले सार्वजनिक यातायातमा इन्धन खर्च घटाउन मद्दत गर्छ। कम सञ्चालन लागत, शून्य उत्सर्जन, सहरी क्षेत्रमा सार्वजनिक यातायातका लागि उपयुक्त मानिन्छ। यसको मूल्य ८ लाख ४० हजार रुपैयाँ रहेको छ।

३. महिन्द्रा ट्रियो जो

यो महिन्द्रा ट्रियोकै कार्गो संस्करण हो । जुन सामान ढुवानीका लागि प्रयोग हुन्छ। यो पनि लिथियम–आयन ब्याट्रीबाट चल्छ। यो शहरी क्षेत्रमा साना सामान ढुवानीका लागि किफायती र वातावरणमैत्री विकल्प बनेको छ। महिन्द्राले नेपालमा बीईसिक्स र एक्सईभी ९ई जस्ता नयाँ विद्युतीय एसयूभीहरू पनि छिट्टै ल्याउने तयारी गरिरहेको छ, जसले महिन्द्राको ईभी लाइनअपलाई अझ बलियो बनाउनेछ।

महिन्द्रा नै किन रोज्ने ?

नेपालमा महिन्द्राका विभिन्न मोडलहरू लोकप्रिय भए पनि, केही मोडलहरू विशेष रूपमा ग्राहकको मन जितेका छन्। महिन्द्राका गाडीहरू विशेषगरी नेपालको कठिन भू–बनोट र सडकका लागि उपयुक्त छन्। यी गाडीहरू लामो समय टिक्छन् र कम मर्मत खर्च लाग्छ।

महिन्द्राका एसयूभी र पिकअपहरूको उच्च ग्राउन्ड क्लीयरेन्स र बलियो सस्पेन्सनले नेपालका खाल्डाखुल्डी र कच्ची सडकमा पनि सहज यात्रा प्रदान गर्छ। यसले कम्प्याक्ट एसयूभीदेखि फुल–साइज एसयूभी, पिकअप र विद्युतीय सवारीसम्मका विभिन्न मोडलहरू प्रदान गर्छ, जसले गर्दा ग्राहकहरूसँग आफ्नो आवश्यकताअनुसार गाडी छनोट गर्ने विकल्प हुन्छ। नयाँ मोडलहरूमा उन्नत सुरक्षा विशेषताहरू र आधुनिक प्रविधि (टचस्क्रिन, कनेक्टेड कार फिचर्स, सनरूफ) उपलब्ध छन्, जसले ड्राइभिङ अनुभवलाई अझ सुरक्षित र रमाइलो बनाउँछ।

Skip This
Skip This
Logo