काठमाडौं । जिकर एक्स प्रिमियम कम्प्याक्ट एसयुभी विद्युतीय सवारी हो । जुन आधुनिक सहरी जीवनशैलीलाई सहज र सुविधाजनक बनाउने गरी डिजाइन गरिएको छ । जिकर एक्समा सुरक्षित, आधुनिक र प्रविधियुक्त ड्राइभिङ अनुभवका लागि ‘इन्टेलिजेन्ट कपपिट’ को पनि सुविधा रहेको छ । फलस्वरूप ग्राहकको मन जित्दै गइरहेको छ ।
विश्वव्यापी रूपमा प्रिमियम इलेक्ट्रिक कारहरू उत्पादनमा केन्द्रित गिली अटोमोबाइल होल्डिंङ्गस्को स्वामित्वमा रहेको जिकर ब्रान्ड, पायोनियर मोटो कर्पमार्फत नेपाली बजारमा उपलब्ध छ।
जिकर एक्स नाडा अटो शो २०२४ मा पहिलो पटक प्रदर्शन गरिएको थियो। जिकर एक्सको मूल्य हाल ७४ लाख ९९ हजार रुपैयाँ देखि सुरु हुने कम्पनीले जनाएको छ । यसको पहिलाको मूल्य ८४ लाख ९९ हजार रहेको थियो।
जिकर एक्स शक्तिशाली २०० किलोवाटको मोटरद्वारा सञ्चालित छ । जसले उत्कृष्ट पर्फमेन्स र सहज ड्राइभिङ अनुभव प्रदान गर्छ। यसको डब्लुएलटिपी प्रमाणित रेन्ज ४४० किलोमिटर रहेको छ। गाडी उन्नत ‘एसइए’ प्लेटफर्ममा आधारित छ, जुन जिकर ००१ र जिकर सेभेन–एक्समा पनि प्रयोग भएको थियो।
जिकर एक्सले २०२४ युरो एनक्याप परीक्षणमा ५–स्टार सेफ्टी रेटिङ प्राप्त गर्दै दुई विधामा विजेता बन्ने एकमात्र गाडी बन्न सफल भएको छ। साथै, वातावरणमैत्रीको मूल्यांकन गर्ने ग्रिन एनक्यापबाट पनि ५–स्टार रेटिङ हासिल गर्दै यो गाडीले हरित प्रविधिको पक्षमा आफ्नो प्रभुत्व देखाएको छ।
जिकर एक्स लक्जरी, स्मार्ट अर्बन मोबिलिटी र सहज पहुँचको सन्तुलनसहित सहरी विद्युतीय एसयूभीको नयाँ मापदण्ड बनाउने दिशामा अघि बढेको कम्पनीले जनाएको छ । यसको संरचना ७३ प्रतिशत हाइ–स्ट्रेन्थ स्टिल प्रयोग गरेर निर्माण गरिएको छ, जसले मजबुती र सुरक्षाबीच उत्कृष्ट सन्तुलन प्रदान गर्दछ। जिकर नेपालले ब्याट्री र मोटरमा ८ वर्ष (वा १६०,००० किलोमिटर) को वारेन्टी प्रदान गर्दछ, जबकी गाडीमा ४ वर्षको वारेन्टी उपलब्ध छ।
२०० किलोवाट परमानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर रहेको यसले २७२ पावरको अधिकतम पावर र ३४३ एनएमको अधिकतम टर्क उत्पादन गर्छ। यो ५.६ सेकेन्डमा १०० किलोमिटर प्रति घण्टाको गतिमा पुग्न सक्छ ।
अगाडि ११५ किलोवाट र पछाडि २०० किलोवाटको दुईवटा परमानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर, जसले कुल ४२८ पावरको अधिकतम पावर र ५४३एनएमको अधिकतम टर्क उत्पादन गर्छ। यो मात्र ३.८ सेकेन्डमा ०–१०० किलोमिटर प्रति घण्टाको गतिमा पुग्न सक्छ ।































प्रतिक्रिया