नाइमामा रिभोल्टका मोटरसाइकल ३० प्रतिशत डाउनपेमेन्टमै पाइने

नाइमामा रिभोल्टका मोटरसाइकल ३० प्रतिशत डाउनपेमेन्टमै पाइने

केन्द्रबिन्दु
6
Shares

काठमाडाैं । भृकुटीमण्डमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पोलाई मध्यनजर गर्दै रिभोल्ट मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमभी दुगड ग्रुपले विशेष अफर ल्याएको छ ।

सो अफर अन्गर्तत ग्राहकले रीभोल्टका इलेक्ट्रिक मोटरसाइकल जम्मा ३० प्रतिशत डाउनपेमेन्टमै खरिद गर्न सक्नेछन् । साथै, कम्पनीले १० हजार रुपैयाँ नगद छुट समेत दिनेछ । डाउपेमेन्ट गरेर बाँकी हुन आउने ७० प्रतिशत रकमलाई ५.९९ प्रतिशत ब्यादरमा सरल किस्तावन्दि सुबिधा लिन सकिनेछ ।

रिभोल्टको ५ वटा भेरिएन्ट नेपाली बजारमा बिक्री हुँदै आएको छ । जसमा फ्ल्यागशिप भेरिएन्ट आरभी–४०० देखी आरभी–४०० बीआरजेड, ब्लेजएक्स, आरभी–१ र आरभी–१ प्लस छन् । यी मोटरसाइकलको मूल्य २ लाख ९९ हजारदेखी सुरु हुन्छ ।

आरभी१ मा २.२ किलोवाट आवरको ब्याट्री प्याक र २.८ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यसले सिंगल चार्जमा १०० किलोमिटर रेन्ज दिन्छ । त्यसपछिका सबै मोडलमा ३.२४ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ भने मोटर क्षमता ४.१ किलोवाट छ । यी चारवटै भेरिएन्टले एकपटकको फुल चार्जमा ११५ किलोमिटर रेन्ज दिन्छ भने टप स्पिड ८५ किलोमिटर प्रति घण्टा छ ।

Skip This
Skip This
Logo