श्रम स्वीकृति नलिई साउदीमा कार्यरत नेपालीहरुलाई श्रम वैधानिकीकरण

श्रम स्वीकृति नलिई साउदीमा कार्यरत नेपालीहरुलाई श्रम वैधानिकीकरण

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरुलाई श्रम वैधानिकीकरण सुरु भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक समारोहको बीच नेपाली दूतावास साउदी अरेबियाबाट श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरुलाई श्रम वैधानिकीकरण सुरु गरिएको हो ।

विगत आठ बर्षदेखि रियादमा कार्यरत अजय दंगालको बायोमेट्रिक लिइएको र महामहिम राजदुत डा.नरेश बिक्रम ढकालले श्रम वैधानिकीकरण कार्यलाई स्वीकृति प्रदान हुन् ।

कार्यक्रममा बोल्दै श्रममन्त्री शरद सिंह भण्डारीले अहिले लाखौं नेपालीहरु श्रमको शिलशिलामा विभिन्न बाटोबाट विभिन्न मुलुकमा रहेको अवस्थामा विभिन्न कागजी कठिनाइले वैधानीकरण हुन नसक्ने र पाउनुपर्ने अधिकारबाट बन्चित रहेको बताए । यस्तो अवस्थामा सरकारले वैदेशीक रोजगारमा रहेका श्रमिकहरुको हितका लागि वैधानिकिकरणको काम गरिरहेको बताए ।

त्यस्तै, उनले खाडी मुलुकमा जाने सुरुवात साउदी अरेबियाबाटै भएको बताउँदै अरेबियामा दुईपक्ष सम्झैता गर्न एक दशक देखि धेरै प्रयासहरु गरिरहेको बताए ।

Logo