काठमाडाैं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी)ले आफ्नो २४औँ वार्षिकोत्सव सम्पन्न गरेको छ।
बिहीबार आयोजित वार्षिकोत्सवमा सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू तथा संस्थाका सदस्य बैंक एवं वित्तीय संस्थाका वरिष्ठ कर्मचारीहरूको उपस्थिति थियो।
वार्षिकोत्सवमा संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले संस्थाले विगतमा गरेका उपलब्धिहरू र भावी योजनाहरूबारे प्रस्ट पारे। विशेष गरी संस्थाले दिँदै आएका कार्ड सेवा (एससिटी– युनियन पे कार्ड, भिजा कार्ड, नेपालपे कार्ड आदि), मोबाइल बैंकिङ सेवा (स्मार्ट बैंकिङ), अन्तरबैंक भुक्तानी सेवा (स्मार्ट पे), क्युआर भुक्तानी सेवा (स्मार्ट क्युआर) र मर्चेन्ट व्यवस्थापन सेवा (स्मार्ट एमएमएस)मा हालसम्मका उपलब्धिहरू तथा भविष्यका रणनीतिहरू प्रस्तुत गरे।
वार्षिकोत्सवमा संस्थाले हालै निर्माण गरेको नवीनतम सेवाहरू स्मार्ट क्युआर साउन्ड बक्स र एससिटी हबबारे संस्थाका चिफ इनोभेसन तथा डेभलपमेन्ट अफिसर रजिम अलि मियाँले प्रत्यक्ष प्रदर्शन गरे ।
स्मार्ट क्युआर साउन्ड बक्स स्मार्ट च्वाइस टेक्नोलोजिजको नवीन सेवा हो, जसबाट मर्चेन्टहरूले आफ्नो सम्पूर्ण भुक्तानीको विवरणहरू स्मार्ट क्युआर साउन्ड बक्समार्फत सुन्न सक्नेछन्।
स्मार्ट क्युआर साउन्ड बक्सलाई मर्चेन्टहरूले आफ्नो वाइफाईसँग लिंक गरेर वा स्मार्ट क्युआर साउन्ड बक्समै आफ्नो सिमकार्ड राखेर नेटवर्कसँग जडान गरेर आफ्नो सम्पूर्ण भुक्तानी विवरणहरू स्मार्ट क्युआर साउन्ड बक्समार्फत विभिन्न भाषामा सुन्न सक्नेछन्।





























प्रतिक्रिया